जुकेनाको कल्लेरीका आगलागी पीडितलाई शितगंगा नगरपालिकाद्वारा खाद्यान्न लत्ताकपडा सहयोग (तस्बिर सहित)

जुकेनाको कल्लेरीका आगलागी पीडितलाई शितगंगा नगरपालिकाद्वारा खाद्यान्न लत्ताकपडा सहयोग (तस्बिर सहित)

बिष्णु पौडेल

जुकेना, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नं. ६ जुकेनाको कल्लेरीका आगलागी पीडितलाई खाद्यान्न लत्ताकपडा सहयोग गरिएको छ । 


शितगंगा नगरपालिकाले जुकेनाको कल्लेरीका आगलागी पीडित काँशी बहादुर नेपालीको परिवारलाई खाद्यान्न लत्ताकपडा सहयोग गरिएको हो । नगरपालिका प्रमुख सूर्य प्रसाद अधिकारी स्वंम आफै अनुगमन गरि तत्कालको लागि ४ बोरा चामल ३ के.जी दाल, नुन, तेल लगायततको खाद्यान्न सामग्री राहत प्रदान गर्नुभएको थियो ।


नेपालीले अर्घाखाँचीडट्कमलाई बताए अनुसार घर र गोठमा आगलागी नष्ट हुँदा करिब ७ लाख २ हजार बराबरको नोक्सानी भएको छ । हिजो मंगलबार साँझ ६ बजेको समयमा हावाहुरी लागिरहेको बेला एक्कासी घरमा आगलागी भई १ घर, १ कटेरा, १ खोर, १ परालको माच पुर्णरुपमा क्षती भएको छ । यस्तै गोरु, भैसी, बाख्रा समेत जलेर नस्ट भएका छन् । साथै अन्न तथा लत्ताकपडा सम्पूर्ण नष्ट भएका छन् । 


राहतका लागि मेयरले आफ्नै गाडीमा सन्धिखर्कबाट लैजानु भएको थियो । साथै नगरप्रमुखले नगरपालिका तथा जिल्लाबाट हुने सम्पुर्ण सहयोग हुने आश्वासन समेत दिनु भएको छ । 

अन्य समाचारहरु