अन्ततः माओवादी केन्द्रले फिर्ता सरकारको समर्थन लियो

अन्ततः माओवादी केन्द्रले फिर्ता  सरकारको समर्थन लियो

काठमाडौँ — नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । 

प्रधानमन्त्री ओलीले वैशाख २७ गते संसदबाट विश्वासको मत लिने निर्णय गरेपछि माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

बुधबार समर्थन फिर्ताको पत्र मार्फत जानकारी दिइने स्थायी स्थायी किमटी सदस्य गणेश साहले जानकारी दिए । 'आज बैठक ढिला सकिएकाले समर्थन फिर्ताको जानकारी पत्र बुधबार संसद् सचिवालयमा दिनेछौं,' स्थायी कमिटी सदस्य साहले बताए । कान्तिपुरमा समाचार छ । 

अन्य समाचारहरु