अर्घाखाँचीमा आज सोमबार ५४ जनाले कोरोना जिते, ४४ जना संक्रमित थपिए (सम्पूर्ण विवरण सहित)

अर्घाखाँचीमा आज सोमबार ५४  जनाले कोरोना जिते, ४४ जना संक्रमित थपिए (सम्पूर्ण विवरण सहित)


अर्घाखाँचीडट्कम संवाददाता 

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा पछिल्लो २४ घण्टामा थप  ४४  जना कोरोना संक्रमित थपिएका छन् ।


जिल्लामा आजसम्म सक्रिय कोरोना संक्रमितको संख्या २३८ जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा ६९ जना, भूमिकास्थान नगरपालिकामा ३७,       शितगंगा नगरपालिकामा २७,        मालारानी गाउँपालिकामा ३४,         पाणिनी गाउँपालिकामा ४१     र छत्रदेव गाउँपालिकामा ३० जना संक्रमित रहेका छन् । 

जिल्लामा गत वर्षदेखि आजसम्म संक्रमितको संख्या २४८२  जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा १०४५  जना, भूमिकास्थान नगरपालिकामा ४६८,   शितगंगा नगरपालिकामा ३१४,      मालारानी गाउँपालिकामा २३५,      पाणिनी गाउँपालिकामा १८१    र छत्रदेव गाउँपालिकामा २३९  जना संक्रमित रहेका छन् ।   

गएको २४ घण्टामा जिल्लामा ५४  जनाले कोरोना जितेका छन् ।  जिल्लामा गत वर्षदेखि आजसम्म  २१८०  जनाले कोरोना जितेका छन् ।  जसमा सन्धिखर्क नगरपालिकामा ९५९ जना, भूमिकास्थान नगरपालिकामा ४१६,       शितगंगा नगरपालिकामा २७६,    मालारानी गाउँपालिकामा १९१,          पाणिनी गाउँपालिकामा १३२   र छत्रदेव गाउँपालिकामा २०६ जनाले कोरोनालाई जितेका हुन् ।

यस्तै जिल्ला प्रशासन कार्यालयका अनुसार काेराेना संक्रमणका कारण जिल्लामा गतवर्षदेखि हालसम्म ६४ जनाको ज्यान गएको छ । जसमा सन्धिखर्क नगरपालिकामा १७ जना, भूमिकास्थान नगरपालिकामा १५,    शितगंगा नगरपालिकामा १ जना आत्महत्या सहित ११,    मालारानी गाउँपालिकामा १०,     पाणिनी गाउँपालिकामा ८   र छत्रदेव गाउँपालिकामा ३ जना संक्रमित रहेका छन् ।  

सोमबारको कोरोना विवरण यस्तो छ:

अन्य समाचारहरु