ठुलापोखरा र अर्घातोषका सामुदायिक वनमा भीषण आगलागी, आगो नियन्त्रण बाहिर, गाउँ उच्च जोखिममा

ठुलापोखरा र अर्घातोषका सामुदायिक वनमा भीषण आगलागी, आगो नियन्त्रण बाहिर, गाउँ उच्च जोखिममा


नबिन पौडेल

ठुलापोखरा, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको  छत्रदेव गाउँपालिका वार्ड नम्बर ६ ठुलापोखराको भिरपानी र वार्ड नम्बर ८ अर्घातोषको टिकुरीको जंगलमा भीषण आगलागी भएको छ।


शुक्रबार करिब २ बजेदेखि अर्घातोषको टिकुरीको जंगलबाट लागेको आगो अहिले वार्ड नम्बर ६ को खानेपानी मुइहार नजिकै आएको छ। यस आगलागी नियन्त्रणमा नआउँदा ठुलापोखराको कुर्दिका पाटा, दहनेटा, वार्ड नम्बर ८ को हटिया बजार र धरमपानी एकदमै जोखिममा रहेको छ।


आगो नियन्त्रण गर्नका लागी अर्घातोष प्रहरी चौकी कार्यालय, स्थानीय जनप्रतिनिधि र स्थानिय बासी सबै लागिरहेका छन् । हावा चलेकै कारण अहिले सम्म आगो नियन्त्रण गर्न नसकेको स्थानियहरुले बताएको छन् ।


You may also be interested in:


अन्य समाचारहरु