एमाले मालारानी रुपन्देही सम्पर्क मञ्चको अगुवा कार्यकर्ता भेला बुटवलमा सम्पन्न

एमाले मालारानी रुपन्देही सम्पर्क मञ्चको अगुवा कार्यकर्ता भेला बुटवलमा सम्पन्न


निरु आचार्य नवरश्मी
 
बुटवल (अर्घाखाँचीडट्कम) । नेकपा एमाले अर्घाखाँची  मालारानी रुपन्देही सम्पर्क मञ्चको अगुवा कार्यकर्ता भेला तथा दोस्रो अधिवेसन  बुटवलमा आज सम्पन्न भएको छ।


कार्यक्रमका   प्रमुख आतिथी नेकपा एमाले केन्द्रीय सदस्य  नजिर मियाले  मन्तव्यको क्रममा  पार्टि अध्यक्ष केपि शर्मा ओलि नेतृत्वको सरकारले  विकासको काम तिब्र गतिमा  गरिरहेको र उहाँको  काम देखेर भोलिका दिनमा अरुको नाम नै नआउने भए पछि नेकपा एमालेको नेतृत्वको सरकार जसरिपनि ढाल्ने र  पार्टि फुटाल्ने काममा माधव नेपाल प्रयोग हुनु दुखद रहेको र पार्टी फुटको औचित्य समेत पुष्टि गर्न नसक्ने  बताएका छन  ,यो सरकार जनमतबाट नभै बिदेशि सक्तिकेन्द्रको आडमा सर्वोच्च अदालतको असंवैधानीक परमादेशबाट गठित स्वार्थ समुह रहेको र यो समयक्रमले पुष्टि गर्ने  दावि गरे  ।


त्यस्तै  विशेष अतिथि नेकपा एमाले केन्द्रीय सदस्य तथा रुपन्देही इन्चार्ज  दधिराम न्यौपानेले यो पुरानो एमाले पार्टि नभै परिस्कृत नेकपा एमाले रहेको बताए, साथै प्रचण्डले   कुनैपनि काम गर्न नसक्ने र अरुले गरेको पनि देख्न नसक्ने  वताए, अब एमाले  देशकै एक नम्वर पार्टि  वनाउनको लागि तयार रहन  सवै कार्यकर्ता एक हुन रमेत आग्रह गर्दै अहिले  पद र स्वार्थको लागि मात्रै माधव नेपालले पार्टि बिभाजन गराएको हुनाले उनि कदापी सफल नहुने बताए ,उनिहरू संग स्वार्थ बाहेक  कुनै सिद्धान्त नभएकोले कार्यकर्ताहरू कुनै भ्रममा नपरि  नेकपा एमालेमा गोलबन्द हुन आग्रह समेत गरे।

अतिथिहरुमा अर्घाखाँची जिल्ला कमिटि सदस्य खुविराम आचार्य, अर्घाखाँची रुपन्देही जिल्ला  सम्पर्क मञ्चको अध्यक्ष  डवल विसि,मालारानी गाँउपालिका कमिटी सचिव डण्डपाणि पोख्रेल , अर्घाखाँची रुपन्देही जिल्ला सम्पर्क मञ्चका सह सचिव तथा मालारानी रूपन्देही सम्पर्क मञ्चका इन्चार्ज  विक्रम खनाल ,राष्ट्रिय युवासंघ केन्द्रीय सचिवालय सदस्य शोभाखर पाण्डेय लगाएताका नेताहरुको आतिथ्यता तथा शुभकामना मन्तव्य रहेको थियो ।


सो  भेलावाट  लेखनाथ खनाल अध्यक्ष, निरज आचार्य   र तुल्सि खनाल उपाध्यक्ष , विशाल पन्थी सचिव, सागर खड्का सहसचिव र महेश पोखरेल कोषाध्यक्ष सहितको पदाधिकारी र १५ जनाको सचिवालय सहित ४५ सदस्यिय सम्पर्क मञ्च गठन गरिएको मालारानी गाँउ कमिटी  सचिव डण्डपाणि पोख्रेलले बताएका छन ।

सम्पर्क मञ्चका निवर्तमान अध्यक्ष नारायण पौडेलको अध्यक्षता रहेको कार्यक्रमको  सञ्चालन निरज आचार्य रहेको थियो भने कार्यक्रममा उमेश कुँवरले  स्वागत मन्तव्य बाट सहभागिहरूलाइ स्वागत गरेका थिए । 

अन्य समाचारहरु