सन्धिखर्क-७ खाँचीकोटका नव निर्वाचित वार्ड अध्यक्ष तथा सदस्यहरुद्धारा पदभार ग्रहण (फोटो फिचर)

सन्धिखर्क-७  खाँचीकोटका नव निर्वाचित वार्ड अध्यक्ष तथा  सदस्यहरुद्धारा पदभार ग्रहण (फोटो फिचर)

केशब घिमिरे 

खाँचीकोट, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका ७  खाँचीकोटका नवनिर्वाचित वडा अध्यक्ष चुरा ब.केसीले स्थानीय चुनाव सम्पन्न गरेकोमा सम्पुर्णमा हार्दिक बधाई तथा खाँचिकोटको विकास मोडेलमा दिनरात खटिने प्रतिबद्धता व्यक्त गरेका छन ।


खाँचिकोटको शान्ति, स्थिरता, विकास र समृद्धिमा अहिलेसम्म निरन्तर गरेको सहयोगका लागि खाँचिकोट बासी लाई धन्यवाद दिँदै आगामी दिनमा पनि शान्ति, स्थिरता, विकास र समृद्धिमा सहयोगको निरन्तरताप्रति विश्वास व्यक्त गरे। उनी लेख्छन् –हार्दिक आभार ,धन्यवाद एवम् प्रतिबद्धता ।


२०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तहकाे निर्वाचनमा म सन्धिखर्कनगरपालिका वार्ड न.७ को अध्यक्ष पदमा निर्वाचित भएको छु।

यस अवसरमा सम्पूर्ण खाँचिकोट बासी मतदाताहरुले निर्वाचनमा आफ्नाे मताधिकारकाे सदुपयोग गर्दै आफ्नाे अमुल्य मत प्रदान गर्नु भएकाेमा सम्पुर्णमा हार्दिक धन्यवाद ज्ञापन गर्दछु । यस निर्वाचनमा आफ्नो मताधिकारकाे प्रयाेग गर्न वैदेशिक मुलुक, भारत प्रवास, काठमाडौं र बुटवल लगाएत देशका विभिन्न भागमा बसाेवास गर्नुहुने सचेत मतदाताहरु खाँचिकोटको मतदान केन्द्रमा उपस्थित भई मतदान गरेर म र मेरो प्यानललाई विजयी बनाउनुभएकाेमा सबैप्रति विशेष आभार प्रकट गर्द्छु ।


र्निर्वाचन प्रचार-प्रसारको अवधिभर अहाेरात्र खट्ने पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता, युवा साथीहरू, शुभचिन्तक र समर्थकहरु लगायत निर्वाचन सम्पन्न गर्न खट्नुहुने निर्वाचन कर्मचारीहरु तथा सुरक्षाकर्मीहरु सबैप्रति हार्दिक आभार तथा धन्यवाद ज्ञापन गर्दछु । साथै विजयी उत्सव मा जनताको सहभागीता र उत्साहले हाम्रो प्रतिबद्धतालाई थप बलियो बनाएको छ। हामी खाँचिकोटको बिकास र समृद्धिका लागि प्रतिबद्ध छौ ।


अन्य समाचारहरु