पाँच दिनपछि अर्घाखाँचीमा घाम | सम्पूर्ण क्षेत्र अस्तव्यस्त (तस्बिर सहित)

पाँच दिनपछि अर्घाखाँचीमा घाम | सम्पूर्ण क्षेत्र अस्तव्यस्त   (तस्बिर सहित)


२०७८ कार्त्तिक ४, विहीवारमा प्रकासित

सागर महत | अर्घाखाँचीडट्कम संवाददाता 

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) २०७८ कार्त्तिक ४, विहीवार । लगातार वर्षा भएको  पाँच दिनपछि अर्घाखाँची जिल्लामा घाम लागेको छ ।


आज बिहानैदेखि घाम लागेसँगै अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क लगायत जिल्लाभर स्थानियबासीहरुले बाढी, पहिरोबाट भएको क्षति विवरण, मर्मत, सरसफाई गरेका छन् ।  भने आकाशमा बाँकी भएको बादल पनि अब बिस्तारै हट्ने र घाम लाग्ने मौसमविद्ले बताएका छन् ।


३७ वर्ष यताकै ठूलो बाढी आएपछि सन्धिखर्क, चुत्राबेसीमा डुवान भएको थियो । खोला जलमग्न भएका छन्न । यस्तै  जिल्लाभर विधुत अवरुद्ध भएको छ ।  सुचारू हुन अझै हप्ता दिन लाग्न सक्ने बताइएको छ । 


साथै जिल्लाभर खानेपानी अवरुद्ध हुनुका साथै जिल्लाका सम्पूर्ण सडक अस्तव्यस्त भएका छन् । 


फोटोः सागर महत

अन्य समाचारहरु