हाइटीमा ७.२ म्याग्निच्यूडको भूकम्पमा परेर मर्नेको संख्या तीन सय चार जना पुग्यो

हाइटीमा ७.२ म्याग्निच्यूडको भूकम्पमा परेर मर्नेको संख्या तीन सय चार जना पुग्यो



एजेन्सी 

हाइटीमा गएको भूकम्पमा परेर कम्तिमा तीन सय चार जनाको मृत्यु भएको छ । ७ दशमलव २ म्याग्निच्यूट मापन गरिएको भूकम्पमा परेर १८ सय भन्दा बढी घाइते भएको बीबीसीले जनाएको छ ।

क्यारेबियन मुलुक हाइटीको दक्षिण पश्चिमी क्षेत्रमा केन्द्रविन्दु भएर आएको बिनाशकारी भूकम्पमा परेर हजारांैं भौतिक संरचना क्षतिग्रस्त भएको समाचारमा जनाइएको छ ।

भूकम्पका कारण भवनहरु भग्नावशेषमा परिणत भएसँगै भयवित स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको त्यहाँको सरकारले जनाएको छ ।

सइन्त लुइस दुसुद शहरबाट १२ किलोमिटरको दूरीमा केन्द्रविन्दु भएर सो भूकम्प गएको अमेरिकी भूगर्व विभागले जनाएको छ ।

भूकम्पमा परेर घाइते भएकाहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने भग्नावशेषमा पुरिएकाहरुको उद्दार जारी रहेको सरकारी अधिकारीहरुले जनाएका छन् ।

अधिकांश भवनहरु क्षतिग्रस्त भएकाले घाइते तथा मृतकको संख्या अझै बढ्न सक्ने अधिकारीहरुले जनाएका छन् ।

प्रधानमन्त्री एरियल हेनरीले आपतकालीन अवस्थाको घोषणा गरेर तत्काल मानविय सहायता उपलब्ध गराउने प्रतिवद्धता जनाउनुभएको छ ।

उहाँले हाइटीमा सहयोगका लागि अन्तर्राष्ट्रिय समुदायसँग पनि अपील गर्नुभएको छ । गत महिना राष्ट्रपति जोबले मोइजको हत्या भएपछि राजनीतिक संकट चुलिँदै गएको थियो ।

सन् २०१८ मा पनि ५ दशमलव ९ म्याग्निच्यूडको भूकम्पका कारण एक दर्जनभन्दा बढीको मृत्यु भएको थियो । यसैगरी सन् २०१० मा आएको ७ दशमलव १ म्याग्निच्यूडको भूकम्पका कारण करिब २ लाख मानिसको मृत्यु भएको थियो ।

अन्य समाचारहरु