धनचौरको पाकु देउरालीमा एमाले निकट युवा संघको जिल्ला स्तरीय भलिबल प्रतियोगिता सम्पन्न, शितगंगा-३ प्रथम (तस्बिरहरु)

धनचौरको पाकु देउरालीमा एमाले निकट युवा संघको जिल्ला स्तरीय भलिबल प्रतियोगिता सम्पन्न, शितगंगा-३ प्रथम (तस्बिरहरु)


अर्घाखाँचीडट्कम संवाददाता 

धनचौर, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगर पालिका वार्ड नम्बर १० धनचौरको पाकु देउरालीमा नेकपा  (एमाले) निकट राष्ट्रिय युवा संघ नेपालको आयोजनामा जिल्ला स्तरीय भलिबल प्रतियोगिता सम्पन्न भएको छ । 


धनचौरमा शुक्रवारदेखि शुरु भएको एमाले निकट राष्ट्रिय युवा संघ नेपालको आयोजनामा जिल्ला स्तरीय भलिबल प्रतियोगिता आज आईतवार सम्पन्न भएको हो ।


प्रतियोगितामा प्रथम शितगंगा नगरपालिका - ३, द्वितीय शितगंगा - ६ र तृतीय सन्धिखर्क नगरपालिका - ११ भएका छन् ।   

भलिबल प्रतियोगितामा १३ टिम सहभागी रहेका थिए । 


अन्य समाचारहरु