भुमिकास्थान नगरपालिकाका प्रमुख थापाले भने; अनियमितता भएको छैन् अतिरञ्जित नगर्नुस् महासयहरु

भुमिकास्थान नगरपालिकाका प्रमुख थापाले भने; अनियमितता भएको छैन् अतिरञ्जित नगर्नुस् महासयहरु


टेकराज भुसाल | अर्घाखाँचीडट्कम संवाददाता 

नुवाकोट, अर्घाखाँची । अर्घाखाँची जिल्लाको  भुमिकास्थान नगरपालिकाका नगर प्रमुख रेशम थापाले  महालेखा परीक्षकको प्रतिवेदनलाई लिएर सामाजिक सञ्जालहरुमा अतिरञ्जित तरिकाले फेसबुकबाजी भएको  बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै बताएका छन्।


अर्घाखाँची जिल्लाको ६ वटै स्थानीय तहहरुको आ.ब.२०७६/०७७ को आय व्यय र बेरुजु रकम उल्लेख गरी प्रकाशन गरिएको सन्दर्भमा भूमिकास्थान नगरपालिकाको कुल बजेट रकम १०५३४ ७३०००।- मध्ये रु.२,१५,८९,०००।- बेरुजु रकम उल्लेख गरि महालेखा परीक्षकको उक्त प्रतिवेदनलाई लिएर सामाजिक सञ्जालहरुमा अतिरञ्जित तरिकाले फेसबुकबाजी भएको भन्दै  त्यस प्रति  ध्यान केन्द्रित भएको बताएका छन्।

जिल्लाका सबै स्थानीय तहमा देखिएको बेरुजुमध्ये भुमिकास्थान नगरपालिकामा सबैभन्दा बढी बेरुजु देखिएको छ । लेखा परीक्षण हुँदा भुमिकास्थानमा २ करोड १५ लाख ८९ हजार रूपैयाँ बेरुजु देखिएको छ । १ अर्ब ५ करोड ३४ लाख ७३ हजार कुल रकम मध्ये २ करोड १५ लाख ८९ हजार बेरुजु देखिएको छ । २.०५ प्रतिशत रकम देखिएको हो । गत वर्ष नगरको बेरुजु अवस्था सुधारोन्मुख देखिएपनी यो वर्षको लेखा परिक्षणमा जिल्लाका ५ स्थानियतहलाई पछि पारेको छ ।


यस्तो छ विज्ञप्तिकाे पुर्णपाठ: 

महालेखा परीक्षकको ५८ औं प्रतिवेदन आएसँगै मुलुकको वित्तिय अनुशासन, विधिको शासन लगायत पारदर्शिता,
जवाफदेहीताको सन्दर्भमा प्रश्नचिन्ह खडा भएको छ । यसै सन्दर्भमा उक्त प्रतिवेदनले औल्याएको विषयवस्तुहरु प्रति हाम्रो पनि ध्यान जानु स्वभाविकै हो । प्रतिवेदनको खण्ड ३ मा स्थानीय तहको लेखापरीक्षणको प्रतिवेदन प्रकाशन गरिएको छ । प्रतिवेदनको अनुसूची खण्डको पेज नं.७८४ मा अर्घाखाँची जिल्लाको ६ वटै स्थानीय तहहरुको आ.ब.२०७६/०७७ को आय व्यय र बेरुजु रकम उल्लेख गरी प्रकाशन गरिएको छ । यसै सन्दर्भमा भूमिकास्थान नगरपालिकाको कुल बजेट रकम १०५३४ ७३०००।- मध्ये
रु.२,१५,८९,०००।- बेरुजु रकम उल्लेख गरिएको छ । महालेखा परीक्षकको उक्त प्रतिवेदनलाई लिएर सामाजिक सञ्जालहरुमा अतिरञ्जित तरिकाले फेसबुकबाजी गरिएको हुँदा सो तर्फ ध्यान केन्द्रित भएको छ ।

वास्तवमा कार्यक्रम कार्यान्वयन गर्दा नियम, विधि, प्रकृयागत गर्नुपर्ने र लागत मापन, गुणस्तरमा ध्यान दिनु नितान्त जरुरी छ । यस नगरपालिकाले गरेका कामकारवाहीका सन्दर्भमा जनप्रतिनिधिको हैसियत र एक नागरिकको हैसियतले नियम बिपरित कामकारवाही हुनु हुँदैन भन्ने कुरा प्रति प्रतिबद्ध रही काम गर्दै आएको समेत जानकारी गराउन चाहान्छु । प्रतिवेदनमा आएको बेरुजुलाई अतिरञ्जित गरि भ्रष्ट्राचार गरेको, मासि खाएको, अनियमितता गरेको, विधिको शासन नमानेको जस्ता तर्क वितर्क गरी संस्थागत र व्यक्तिगत जीवनमा समेत आँच आउने भ्रामक कपो कल्पित समाचारले त्यस प्रति ध्यान गएको छ । बेरुजु भन्दा वित्तिकै खाए मासेको, भ्रष्ट्राचार गरेको भनेर समाजमा दिग्भ्रमित पार्ने, अन्यौलता सिर्जना गरिदिने, व्यक्तिगत टिका टिप्पणी र लाञ्छना लगाउने जस्ता हैसियत भन्दा बाहिर रहेर सामाजिक सञ्जालको दुरुपयोग भएकोमा म निकै चिन्तित भएको छु । गलत मनसाय, आसय भएकाहरुसँग सडक पेटीमा कुलदै हिड्न पनि नमिल्ने हुँदा यस प्रेस नोट मार्फत सम्पूर्ण नगरबासी दाजुभाई, दिदी बहिनी लगायत मेरा शुभचिन्तकहरु प्रति यो ध्यान आकर्षित गर्न चाहान्छु ।

५८औं प्रतिवेदन सार्वजनिक भएपनि हालसम्म महालेखाबाट यस नगरपालिकाको अन्तिम लेखापरीक्षण प्रतिवेदन प्राप्त भएको छैन । जहाँसम्म प्रारम्भिक प्रतिवेदनमा आएका विषयवस्तुहरुलाई सरसरी अध्ययन गर्दा कार्यालय सञ्चालनका लागि जनशक्ति ब्यवस्थापन, अन्य निकायहरुसँगको समन्वयमा गरेका कामहरु, निर्माण सम्बन्धी मितव्ययी र पारदर्शी ढंगबाट गरेकाबिषयहरु औल्याएको देखिन्छ भने कार्यक्रमका सम्पूर्ण कागजात र पुष्ट्याई हुँदाहुँदै पनि कोभिड-१९ का कारण जिल्ला सदरमुकाम सन्धिखर्कमा बसी महालेखा टोलीले लेखापरीक्षण गर्ने क्रममा माग भएका फाइलहरु पेश भएका र कतिपय कागजातहरुको पूर्ण रुपमा अध्ययन नभई टिपिएका बिषयहरुले सो परिमाणमा बेरुजु देखाएको छ ।

म विश्वासका साथ व्यक्त गर्न चाहान्छु पालिकामा भए गरेका काम कारवाहीहरुको सम्पूर्ण प्रमाण सुरक्षित छन् हेर्न सकिन्छ, नक्कल लैजान मिल्छ, सो को आधारमा छानविन गर्न सकिन्छ र अनियमितता भएको खण्डमा कारवाही गर्न सकिन्छ ।सम्पूर्ण बाटाहरु खुला छन् ।

अतः प्रतिवेदन अध्ययन नगरी औल्याएका विषयवस्तु तर्फ ध्यान नदिई सतही तरिकाले संस्था र व्यक्ति प्रति लक्षीत गरी आत्म सन्तुष्टी लिने किसिमले सामाजिक सञ्जालमा कुनैपनि भ्रामक समाचार नराख्न महासयहरुलाई आग्रह गर्न चाहान्छु । खेति गर्ने बाटाहरु, तरिकाहरु, विधिहरु, उपायहरु थुप्रै छन् तर सर्वसाधारणलाई आतङ्कित गर्न, उत्तेजित पार्ने हिसाबका कुराहरु नलेख्न,पोष्ट नगर्न, प्रतिक्रिया नदिन सम्पूर्णमा मेरो अनुरोध छ । बुझ्न सक्नुहुन्छ, हेर्न सक्नुहुन्छ, हामीसँग तथ्य प्रमाण छन् हामीले जतिबेला जुनसुकै समयमा पनि यहाँहरुलाई उपलब्ध गराउन सक्छौं । सामाजिक सञ्जालमा आएका भ्रमहरुलाई चिर्नका लागि यो प्रेश नोट राखिएको हो अन्यथा नलिनुहुन सम्पूर्णमा अनुरोध छ।

'रेशम थापा
नगर प्रमुख
भूमिकास्थान नगरपालिका
नुवाकोट अर्घाखाँची 
लुम्बिनी प्रदेश, नेपाल

अन्य समाचारहरु