डिभर्नाको झेडि आधारभुत स्वास्थ्य केन्द्रको उद्घाटन कार्यक्रम सम्पन्न ( फोटो सहित)

डिभर्नाको झेडि आधारभुत स्वास्थ्य केन्द्रको  उद्घाटन कार्यक्रम सम्पन्न ( फोटो सहित)


अर्घाखाँचीडट्कम संवाददाता  

डिभर्ना, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नं. १२ डिभर्नाको झेडि आधारभुत स्वास्थ्य केन्द्रको  उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।  


डिभर्नाको झेडिमा नयाँ निर्मित आधारभुत स्वास्थ्य केन्द्रको बुधवार वार्ड अध्यक्ष नारायण खड्काबाट उद्घाटन कार्यक्रम सम्पन्न भएको हो ।  


स्वास्थ्य केन्द्र उद्घाटन कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान, सहयोग पुराउने स्थानियबासीलाई सम्मान पनि गरिएको थियो । यो सँगै सामान्य विरामीहरुलाई बाहिर जान नपर्ने भएको हो । स्वास्थ्य केन्द्र निमाण भ्याट ३८ लाख ८६ हजार लगानीमा निर्माण भएको हो । यहाँ ३ कोठा र १ शौचालय रहेका छन् । 

अन्य समाचारहरु