शितगंगा नगरपालिकाका सबै विद्यालयहरू आईतबारदेखि खुल्ने

शितगंगा नगरपालिकाका सबै  विद्यालयहरू आईतबारदेखि खुल्ने


अर्घाखाँचीडट्कम संवाददाता 

ठाडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) ।  अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकाले बन्द गरिएका विद्यालयहरूमा भाद्र २० गते आईतबारदेखि भौतिक उपस्थिति गराई पठनपाठन थाल्ने भएको छ । 


शितगंगा नगरपालिकामा नगर शिक्षा समिती र शिक्षकहरुको पेशागत संगठनको बिहीवार बसेको बैठकले कोभिड–१९ को दोस्रो लहर फैलिएसँगै बन्द गरिएका विद्यालयहरूमा भाद्र २० गते आईतबारदेखि भौतिक उपस्थिति गराई पठनपाठन गरिने भएको हो । 

साथै सुरक्षाका सबै मापदण्ड पालना गरी एक बेन्चमा २ जना राखेर पठनपाठन शुरु गरिने निर्यण भएको शितगंगा नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले अर्घाखाँचीडट्कमलाई बताएको छ ।

साथै विधार्थीहरुलाई दिदै आएको दिवाभोजलाई पनि निरन्तरता दिईने भएको छ ।     

उता जिल्लाका अन्य स्थानिय तहले कोभिड–१९ को दोस्रो लहर फैलिएसँगै बन्द गरिएका विद्यालयहरूमा भौतिक उपस्थिति गराई पठनपाठन थाल्ने तयारी गरेका छन् । 

वैकल्पिक विधिबाट कक्षा सञ्चालन गर्दै आएका स्थानीय तहले संक्रमण घट्दै गएपछि विद्यालय खोल्ने तयारी थालिएको बताएका छन् ।

जिल्लाका सन्धिखर्क नगरपालिका, भूमिकास्थान नगरपालिका,  मालारानी गाउँपालिका, पाणिनी गाउँपालिका र छत्रदेव गाउँपालिकाले विद्यालयहरू खोल्न शिक्षक र अभिभावकसँग छलफल गर्ने तयारी गर्ने बताएका छन् ।

जिल्लाका सबै पालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाले पनि स्वास्थ्य मापदण्ड पालना गरेर विद्यालय सञ्चालन गर्न लागिएको बताएका छन् । 

उता जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले भौतिक उपस्थिति हुने गरी पठनपाठन नगर्न, कोचिङ तथा ट्युशन सेन्टर नचलाउन निर्देशन दिएको छ । 

जिल्लामा दोस्रो पटक गत वैशाख २१ गते मंगलवारदेखि निषेधाज्ञा जारी छ । जारी निषेधाज्ञा फेरि १३ औं पटक आगामी भाद्र १८ गते शुक्रबारसम्म थपिएको छ । 

अन्य समाचारहरु