छत्रदेवमा कांग्रेसको सभापति पदमा शोभाखर न्यौपानेद्धारा उम्मेदवारी घोषणा

छत्रदेवमा कांग्रेसको सभापति पदमा शोभाखर न्यौपानेद्धारा उम्मेदवारी घोषणा


अर्घाखाँचीडट्कम संवाददाता 

भगवती, अर्घाखाँची (अर्घाखाँचीडट्कम)। अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकाको नेपाली काङ्ग्रेसको सभापतिमा शोभाखर न्यौपानेले उम्मेदवारी घोषणा गर्नुभएको छ। 


छत्रदेव- ७ भगवतीको ५ बर्ष सभापतिमा रहि निर्विरोध रुपमा चुनाव सम्पन्न गराई आगामी यात्रा अर्घाखाँची छत्रदेव गाँउ कार्य समितिको नेपाली कांग्रेसको   सभापति पदमा उम्मेदोवारी घोषणा गर्नु भएको हो।

नेपाली काङ्ग्रेसको संगठन चलायमान बनाउदै पार्टीलाई विधि र पद्धति अनुसार अघि बढाउन आफूले सभापतिमा उम्मेदवारी दिन लागेको उहाँको भनाइ छ।

दिगो विकासको खाका तयार पारी जनतालाई कांग्रेसप्रति थप विश्वस्त बनाउने योजना समेत रहेको उहाँले कुराकानिमा बताउनुभयको छ।

आगामी स्थानीय तहको सबै वार्डमा कांग्रेसका उम्मेदवारलाई जीतको सुनिश्चितताका लागि समेत आफ्नो उम्मेदवारी रहेको न्यौपानेको दाबी छ। ५ बर्षको अबधिमा सम्पूर्ण कृयासिल को सहयोग र जग्गा दाता गंगाराम÷ लक्ष्मी न्यौपानेको सहयोगमा छत्रदेब ७ को लालपूर्जा सहितको बि.पि स्मृती भवन समेत बनायको जानकरी गराउनु भएको छ । 

भोलीको दिनमा अग्रजहरुको सल्ला र यूवा साथिहरुको सहयोगमा छत्रदेबको काँग्रेसलाई अझ बलियो बनाउनको लागि  सभापतिमा उम्मेदोवारी दिएको बताउनु भएको छ  ।

अन्य समाचारहरु