झापाको भद्रपुरका एक युवकको पानी पिउने क्रममा सर्किएर मृत्यु

झापाको भद्रपुरका एक युवकको पानी पिउने क्रममा  सर्किएर   मृत्यु


पर्वत पोर्तेल कान्तिपुर 

काँकडभिट्टा — झापा भद्रपुरका एक युवकको पानी सर्किएर बिहीबार मृत्यु भएको छ । 

भद्रपुर ६ बस्ने २४ वर्षका अर्पण श्रेष्ठको पानी पिउने क्रममा सर्किएर मृत्यु भएको वडा प्रहरी कार्यालय भद्रपुरलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

पानी सर्किएर बिरामी भएका श्रेष्ठलाई उपचारका लागि तत्काल मेची अस्पताल प्रादेशिक भद्रपुर पुऱ्याइएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

अन्य समाचारहरु