ठाडाको पाँचपोख्रा, ठुल्दीप, खान्दुला र उपल्ला पदमेमा एमालेको टोल कमिटी भेला सम्पन्न | एमाले पार्टी जनता र राष्ट्रिययताको रक्षा गर्ने पार्टी: आले

ठाडाको पाँचपोख्रा, ठुल्दीप, खान्दुला र उपल्ला पदमेमा एमालेको टोल कमिटी भेला सम्पन्न | एमाले पार्टी जनता र राष्ट्रिययताको रक्षा  गर्ने पार्टी: आले


अर्घाखाँचीडट्कम संवाददाता 

ठाडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर ३ ठाडाको पाँचपोख्रा ,ठुल्दीप, खान्दुला र उपल्ला पदमेमा नेकपा एमालेको टोल कमिटी भेला सम्पन्न भएको छ । 


भेलामा बोल्दै प्रेस चौतारी नेपालका प्रदेश सदस्य बिष्णु कुमार आलेले नेकपा एमाले पार्टी जनता र राष्ट्रिययताको रक्षा  गर्ने पार्टी भएको बताउनु भएको छ । मुलुकको गुमेको जमिन लिपुलेक , लिम्पियाधुरा फिर्ता गरि नक्शा कायम गरि जनता र राष्ट्रको हितमा बिकाशका काम गर्दा देश बिदेशी प्रतिक्रियाबादीले घेराबन्दी गरेर सरकार ढालेपनि आगामी निर्वाचनमा दुईतिहाई भन्दा बढि मत प्राप्त गरेर झ्यालबाट होईन मुलढोकाबाट जनताको प्यारो नेकपा एमाले पार्टी फेरि सरकारमा जाने ठोकुवा गर्नु भयो । अहिले यो मुलक जोगाउन राष्ट्रिय एकताको खाँचो भएको वहाँले बताउनु भयो ।

पाँचपोख्रा ,ठुल्दीप, खान्दुला र उपल्ला पदमे टोल कमिटीद्दारा आयोजित भेलालाई संबोधन गर्दै आलेले भारतले तुईन काटेर नेपाली नागरिक जयसिंह धामीको हत्या गर्दा समेत  शेरबहादुर देउवाको नेतृत्वमा रहेको बर्तमान सरकार बोल्न नसकेर भारत सँग घोडा टेकेको बताउनु भयो ।  


कार्यक्रम टोल कमिटीका अध्यक्ष भक्त बहादुर सुनारको अध्यक्षता, प्रेस चौतारी नेपालका प्रदेश सदस्य बिष्णुकुमार आलेको प्रमुख आथित्यता र वडा कमिटी सचिव हुम बहादुर सारूको संचालनमा संम्पन्न कार्यक्रममा बिरबहादुर बिक , तोयनारायण खनाल, मित्रलाल बेल्बासे, उर्मिला खनाल लगायतले मन्तब्य राख्दै बिकाश र समृद्धिको ढृण संकल्प बोकेको पार्टी यो मुलुकमा नेकपा एमाले बाहेक अरू पार्टी नभएकाले सबै युवाहरू एक जुटहुनुको बिकल्प नभएको बताउनु भयो । 

साथै भेलाले दुर्गा बहादुर सारूको अध्यक्षतामा ३६ सदस्यीत टोल राष्ट्रिय युवा संघ नेपाल गठन गरेको छ । जसको सचिवमा कृष्ण थापा, सहसचिवमा तिलक बहादुर रजाली,सदस्यहरूमा धर्मराज राना ,कमल राना,खिम बहादुर थापा, दोलक बहादुर राना,बिष्णु प्रसाद खनाल र चोप बहादुर सारू लगायत रहनु भएको छ ।

अन्य समाचारहरु