शितगंगा- ३ का वार्ड अध्यक्ष हेमनाथ भुसाल पुन: टिकट पाउने सर्तमा एमालेमा प्रवेश, कांग्रेसबाट निस्कासन

शितगंगा- ३  का  वार्ड अध्यक्ष हेमनाथ भुसाल पुन: टिकट पाउने सर्तमा एमालेमा प्रवेश, कांग्रेसबाट निस्कासन

अर्घाखाँचीडट्कम संवाददाता 

ठाडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर ३  का  वार्ड अध्यक्ष तथा कांग्रेस शितगंगा नगर सचिव हेमनाथ भुसाल एमालेमा प्रवेश गरेका छन् । 


भुसाललाई नेकपा एमाले शितगंगा नगर अध्यक्ष बन्त श्रेष्ठले विहविार एक कार्यक्रम गरी पार्टी प्रवेश गराएका थिए ।

उता एमालेमा प्रवेशगरेपछि नेपाली काग्रेस अर्घाखाँचीका सभापति केशव श्रेष्ठले शितगंगा सचिव समेत रहेका भुसाललाई कारवाही  गरेका छन् । उनले अनुशासन समितिकाे सिफारिस साधारण सदस्य समेत नहुने गरि कारवाही गरिएकाे सभापति श्रेष्ठले बताए । 

स्रोतका अनुसार एमालेले भुसाललाई आगामी स्थानिय निर्वाचनमा पुन: वार्ड अध्यक्ष उठाउने सर्तमा प्रवेश गराएको छ । कांग्रेस अघि बिद्यार्थीकालदेखि एमालेका विभिन्न कमिटीहरुमा रहँदै काम गरेका भुसाल कम्युनिस्ट राजनितिमा लामाे समय रहेका थिए ।

भुसालले विगतमा काग्रेसमा लागे पनि अब आफ्नै घरमा फर्कदा खुशी लागेकाे भुसालले बताएका छन् । उता जिल्लाभर एमाले, कांग्रेसले पार्टी प्रवेश गरेका गलत प्रचार प्रसार गर्दै आएका छन् ।    
 

अन्य समाचारहरु