शितगंगा नगरपालिकामा आवतजावत, हिडडुल पूर्ण बन्द, कसैले पसल खोले सिल गरिने

शितगंगा नगरपालिकामा आवतजावत, हिडडुल पूर्ण बन्द, कसैले पसल खोले सिल गरिने

अर्जुन बेल्बासे 

ठाडा, अर्घाखाँची । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका  नगर प्रमुख सुर्य प्रसाद अधिकारीको संयोजकत्वमा  शुक्रबार बसेको बैठकले विविध निर्णय गरेको छ ।

कोरोना भाइरस बढिरहेको बेला यो महामारी बाट कसरी जोगिने भनेर विविध निर्णय गरेको हो । बैठकले कोरोनाबाट सचेत रहन वडा वडामा सचेतनामुलक सन्देश दिने कोरोना भाइरस कोभिड १९को संक्रमण दिन प्रतिदिन वृद्दि भइरहेको परिवेशमा सवारीसाधनबाट आवतजावत गर्दा , पैदल हिडडुल गर्दा दुइजना भन्दा धेरै हिड्न नदिने तर विरामि र मलामिको लागि भने दुरी कायम गरी संयमता अपनाएर बैचारीक रुपमा कार्यन्वयन गर्ने ।

नगर भित्र संचालित पसल,विहान ७ बजे देखि ९बजे सम्म दुइ घण्टा मात्रै संचालन गर्ने ,दिएको निर्देशन उलंघन गरी पसल गरेको पाइएमा पसल सिल गरिने । अन्य ठाउँँ वा संक्रमित जिल्ला बाट कोहि आएमा क्वारेन्टाइनमा बस्ने ब्यबस्था मिलाउने र बनाइएका क्वारेन्टाइन अझै ब्यस्थित बनाउने क्वारेन्टाइनमा अनिवार्य स्वास्थ्य सामग्रीको ब्यवस्था गर्ने र क्वारेन्टाइनमा खटिएका कर्मचारीले अनिवार्य माक्स ,सेनेटराइज मास्क , सावुन पानी लगायतका स्वास्थ्य सामग्रीको ब्यबस्थापन गर्ने। कोरोना भाइरसको चेतनामुलक सन्देश दिनको लागि सिमित शिक्षकहरुलाइ स्वयमसेवकको रुपमा परीचालन गर्ने । 

विकाश निर्माणका कार्यहरुलाइ कार्यन्वयको क्रममा आचारसंहिता अनुसार लागु गर्ने जस्ता महत्वपुर्ण निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत अर्जुन गौतमले बताए ।  

अन्य समाचारहरु