हंसपुरको रतनमारेमा हाक हाल्ने ४ जना कटुवाललाई माईक वितरण (फोटो सहित)

हंसपुरको रतनमारेमा हाक हाल्ने ४ जना  कटुवाललाई माईक वितरण (फोटो सहित)


अर्घाखाँचीडट्कम संवाददाता 

हंसपुर, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी  गाउँपालिका वार्ड नम्बर ६ हंसपुरको रतनमारेमा कटाल (कटुवाल) लाई माईक वितरण गरिएको छ । 


हंसपुरको रतनमारेमा हाक हाल्ने कटाललाई सोमबार माईक वितरण गरिएको हो । 


साविक हंसपुर गाबिस ४ वार्डका ४ जना  कटाललाई माईक वितरण गरिएको थियो । माईक वार्ड अध्यक्ष नारायण प्रसाद अर्यालले  कटाललाई हस्तान्तरण गर्नु भएको थियो । कार्यक्रममा कार्यपालिका सदस्य निम बहादुरसुनार, वार्ड सदस्य मिना नेपाली, सचिव कपिल पौडेल लगायतको उपस्थिती रहेको थियो ।

परम्परा अन्तरगत गाउँघरमा हाकपार्ने चलन कायमगरि हाकपार्ने कटाललाई माईक वितरण गरिएको वार्ड अध्यक्ष  अर्यालले डट्कमलाई बताउनुभयो।  


अर्घाखाँचीका गाउँहरुमा परम्परागत चिच्चाएर हाकपार्ने बाध्यता छ । भने पछिल्लो समय कैयौ स्थानिय निकायहरुले  कटाललाई माईक दिदै आएका छन् ।   
 

अन्य समाचारहरु