सिद्धाराको कात्तिकेमा किराना पसल सहितको घरमा आगलागी, १३ लाख रुपैयाँ बराबरको धनमाल नष्ट

सिद्धाराको कात्तिकेमा  किराना पसल सहितको घरमा आगलागी,  १३ लाख रुपैयाँ बराबरको धनमाल नष्ट


अर्घाखाँचीडट्कम संवाददाता 

सिद्धारा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर-११ सिद्धाराको कात्तिकेमा एक किराना पसल सहितको घरमा आगलागी हुँदा करिब १३ लाख रुपैयाँ मूल्य बराबरको धनमाल नष्ट भएको छ ।

सिद्धाराको कात्तिकेका रबिचन्द्र सोतीको किराना पसल सहितको घरमा बुधवार साँझ आगलागी हुँदा करिब १३ लाख रुपैयाँ मूल्य बराबरको धनमाल नष्ट भएको हो ।

सोतीको किराना पसल सहितको घरमा आगलागी हुँदा उक्त घर, घर नजिकैको अर्को घर र गोठ पूर्णरूपमा जलेर नष्ट भएको प्रहरीले अर्घाखाँचीडट्कमलाई जानकारी दिएको छ । 

अन्य समाचारहरु