विद्यालयमा भर्ना र पठनपाठन सञ्चालन सम्बन्धी जिल्ला शिक्षा कार्यालय, अर्घाखाँचीको अनुरोध



जिल्ला शिक्षा कार्यालय, अर्घाखाँचीको अनुरोध


"हामी सबैको इच्छा, अनिवार्य निःशुल्क आधारभूत शिक्षा"

'एक बच्चाको भर्ना मेरो सामाजिक दायित्व, पहुँचको सुनिश्चितता र सिकाइमा स्थायित्व'

भन्ने आदर्श वाक्यका साथ विद्यार्थी भर्ना, विद्यालय स्वागत तथा विद्यार्थी टिकाउ र सिकाइ उपलब्धीमा सुधार कार्यक्रम-२०७५ सफल बनाउन सबै अभिभावकज्यूहरुले आ-आफ्ना नानीबाबुहरुलाई नजिकैको पायक पर्ने विद्यालयमा भर्ना गराउनुहुन र सबै शिक्षक तथा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुले नियमित भर्ना, घरदैलो कार्यक्रम आदि सञ्चालन गरी विद्यालयमा भर्ना हुन आउने विद्यार्थीहरुलाई अविर तथा पुष्पगुच्छा सहित स्वागत गरी पूर्णसेटमा पाठ्यपुस्तक उपलब्ध गराउनुहुन अनुरोध छ । साथै यस पुनित कार्यमा सहयोग गरिदिनुहुन  सबै  स्थानीय तह, राजनीतिक दल, पत्रकार, बुद्धिजीवी, शिक्षाप्रेमी, उद्योगी व्यवशायी तथा शैक्षिक सरोकारवालाहरु समक्ष जिल्ला शिक्षा कार्यालय हार्दिक अनुरोध गर्दछ । सबै विद्यालयले उक्त कार्यक्रमका साथै २०७५ बैसाख २ गतेदेखि नै पठनपाठन कार्य सञ्चालन गर्नुहुन अनुरोध छ ।

अन्य समाचारहरु