कर्णाली नदीमा आएको बाढीले बर्दियाका एक हजार बढी घर डुबानमा

कर्णाली नदीमा आएको बाढीले  बर्दियाका  एक हजार बढी घर डुबानमा


कुलेन्द्र विक 

बर्दिया । कर्णाली नदीमा आएको बाढीले बर्दियाका एक हजार बढी घर डुबानमा परेका छन् । अविरल रुपमा आएको वर्षापछि आएको बाढीले बर्दियामा वितण्डा मच्चाएको छ । कर्णाली नदीमा आएको बाढी बर्दियाको राजापुर नगरपालिका, गेरुवा गाउँपालिका लगायत ठाउँमा पस्दा सयौं घर डुबानमा परेका छन् ।

गाउँमा बाढी पसेपछि स्थानीय बासिन्दाको विचल्ली भएको छ ।राजापुर र गेरुवा गाउँपालिकामा मात्रै एक हजार घर डुबानमा परेको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ । कर्णाली नदीले विभिन्न ठाउँमा बाँध भत्काएर राजापुर र गेरुवाका मानव बस्तीमा पसेको हो ।

राजापुर र गेरुवा गाउँपालिकामा मात्रै एक हजार घर डुबानमा परेको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ ।

अन्य समाचारहरु