धारापानीका ज्ञानप्रसाद बन्जाडेको ईरिक्सा बुटवलबाट हराएपछि दैनिक रोजीरोटी गुम्यो

धारापानीका  ज्ञानप्रसाद बन्जाडेको ईरिक्सा बुटवलबाट हराएपछि दैनिक रोजीरोटी गुम्यो


रामप्रसाद बन्जाडे | अर्घाखाँचीडट्कम संवाददाता

बुटवल (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नम्बर ३ धारापानीको रातामाटाका रिक्सा चालक ज्ञानप्रसाद बन्जाडेको दैनिक रोजीरोटी गुमेको छ ।  

हराएको ईरिक्सा

धारापानीको रातामाटाका ज्ञानप्रसाद बन्जाडेको ४ वर्षदेखि बुटवलमा चलाऊदै आएको ना २ ह ६८८ नम्बरको ईरिक्सा हराएपछि दैनिक रोजीरोटी गुमेको हो ।

"पछिल्लो समयम छिमेकी देश भारतमा रोजगारीपछि आफ्नो देशमा केही गर्छु भन्दै बुटवलमा  ४ सालदेखि ईरिक्सा चलाउदै आउएको थिए, बुटवल ११ देवीनगरबाट १५ दिन अगाडि हरायो । प्रहरी प्रशासनका दैनिक धाउदा पनि अहिलेसम्म फेला परेको छैन् । बन्जाडेले डट्कमसँग भने ।"

५२ वर्षिय ज्ञानप्रसाद बन्जाडेको दैनिक घर खर्च ईरिक्साबाट चल्दै आएको थियो । अहिलेसम्म उक्त ईरिक्सा फेला नपरेपछि चिन्तित छन् उनी। 

उनले ४ वर्षको अवधिमा बुटवलमा सयौलाई सेवा दिदै आएका थिए । साथै अहिलेसम्म खोजी जारी गर्दा पनि ईरिक्सा नमिलेपछि घरखर्च चलाऊन समस्या परेको उनले बताए ।        
  

अन्य समाचारहरु