एकीकृत समाजवादीले चुनाव चिन्ह कलम राख्ने | दुई मुख्यमन्त्री पाउने

 एकीकृत समाजवादीले चुनाव चिन्ह कलम राख्ने | दुई मुख्यमन्त्री पाउने

काठमाडौँ – एकीकृत समाजवादीले चार मन्त्रालयमा चित्त बुझाउने भएको छ।

गठबन्धनमा आबद्ध दलबीच पूर्वसहमतिअनुसार कम मन्त्रालय दिएको भन्दै असन्तुष्ट भएको समाजवादीले अन्तत चार मन्त्री र एक राज्यमन्त्रीमै चित्त बुझाउने भएको हो।

पार्टीको असन्तुष्टि बिहीबार बसेको सत्ता गठबन्धनको बैठकमा अध्यक्ष माधवकुमार नेपालले राखे पनि समाजवादीलाई थप मन्त्रालय दिन गठबन्धन तयार नभएको हो।

स्थायी कमिटीको बैठकपछि प्रवक्ता जगन्नाथ खतिवडाले भने, ‘अहिले हामीले विविध कारणले चार मन्त्री मन्त्री र एक राज्यमन्त्रीमै चित्त बुझाउनु परेको छ।’

समाजवादीले बागमती प्रदेश र प्रदेश १ को मुख्यमन्त्री पाउने र अरु भागबण्डा मिलाउने आश्वासन पाएपछि मन्त्रालयको विषयमा नअल्झिने निष्कर्षमा पार्टी पुगेको हो।

प्रवक्ता खतिवडाका अुनसार एकीकृत समाजवादीले शहरी विकास, स्वास्थ्य, पर्यटन तथा नागरिक उड्यान मन्त्रालय र श्रम तथा रोजगार मन्त्रालय पाउने भएको छ।

कानुन मन्त्रालय समाजवादीले पाउने भनिए पनि अन्तिममा स्वास्थ्यसँग साटेको हो।

मन्त्री बन्नेको नाम शुक्रबार बस्ने सचिवालय बैठकले तय गर्ने प्रवक्ता खतिवडाले जानकारी दिए।

कानुन मन्त्रालय कांग्रेसले नै राख्ने भएको छ। त्यस्तै उपसभामुखमा समेत दाबी गरेकाले अहिले मन्त्रीका लागि लचिलो भएको एक नेताले जानकारी दिए। संवैधानिक परिषदमा पदेन सदस्य हुने भएकाले समाजवादीले उपसभामुखमा दाबेदारी प्रस्तुत गरेको हो।

पदाधिकारी थप

एकीकृत समाजवादीले पार्टीको पदाधिकारी संख्या थप गरेको छ। बैठकले एक उपमहासचिव र तीन जना सचिव थप गर्ने निर्णय गरेको हो।

उपमहासचिवमा प्रवक्ता समेत रहेका जगन्नाथ खतिवडालाई मनोनय गरिएको छ भने थपिएका तीन जना सचिवमा गरिमा शाह, जीवनराम श्रेष्ठ र भागवत विश्वास रहेका छन्।

यसअघि समाजवादीले उपमहासचिवमा डा. विजय पौडेल, डागंगालाल तुलाधर र प्रकाश ज्वालालाई मनोनयन गरेको थियो।

त्यस्तै सचिवमा रामकुमारी झाँक्री, जगन्नाथ खतिवडा, नागेन्द्र चौधरी र केशवलाल श्रेष्ठ सचिव बनाइएको थियो। बिहीबारको बैठकले खतिवडालाई उपमहासचिवमा बढुवा गर्ने निर्णय गरेको नेतृ झाँक्रीले जानकारी दिइन्।

समाजवादीले पार्टीको चुनाव चिन्ह कमल राख्ने निर्णय गरेको छ। देशसन्चारमा समाचार छ । 

अन्य समाचारहरु