एमाले खिल्जीका संस्थापक नेता मित्रलाल गैरेको निधन

एमाले खिल्जीका संस्थापक नेता मित्रलाल गैरेको निधन

अर्घाखाँचीडट्कम संवाददाता 

खिल्जी । नेकपा (एमाले) खिल्जीका संस्थापक नेता मित्रलाल गैरेको निधन । पार्टी अध्यक्ष पीताम्वर भुसालबाट झण्डा ओडाएर अन्तिम श्रदान्जली अर्पण ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) खिल्जीका संस्थापक नेता, नेकपा एमालेका भुमिकास्थान नगर कमिटीका सल्लाहाका कमिटीका सदस्य, तत्कालिक खिल्जी गाउँ कमिटी उपसचिव मिललाल गैरेको ७६ वर्षको उमेरमा आज निधन भएको छ ।

नेता गैरेको निधनप्रति नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी अध्यक्ष पीताम्वर भुसालले पार्थिव शरिरमा पार्टीको झण्डा, ओडाएर अन्तिम श्रदान्जली अर्पण गर्नुभयो । उहाँले एक पुराना नेताको निधनले पार्टिलाई अपुरणिय क्षति पुगेको र आगमी दिनमा उहाँले कल्पना गरेका कामहरु पुरा गर्न सके उहाँप्रति सच्चा श्रदान्जलि हुने र जिल्ला पार्टी उहाँका विचार लक्ष्यलाई पुरा गर्न लाग्ने प्रतिवद्धता जनाउनुभयो ।

मृतकप्रति श्रदान्जलि दिन नेकपा (एमाले)का लम्विनी प्रदेश कमिटी सदस्य प्रेमनारायण गैरे, जिल्ला कमिटि सदस्य चोप वहादुर सुनार (राजु), भुमिकास्थान नगर कमिटि सदस्य तथा प्रचार विभाग प्र्रमुख नारायण भुसाल, नगर कमिटी सदस्य गोपाल वेल्वासे, चेतनारायण सुनार, वडा नं.६ वडा कमिटी अध्यक्ष दामोदर वेल्वासे, लगाएतका नेताकार्यकताको उपस्थिति रहको थियो ।

उहाँको आज दिउसो १ बजे सन्धिखर्कको गच्छेखोलामा अन्त्यष्टि गरिएको नेकपा एमालेका भुमिकास्थान नगर कमिटी सदस्य तथा प्रचार विभाग प्रमुख नारायण भुसालले जानकारी दिनुभयो ।

अन्य समाचारहरु