सन्धिखर्कमा प्रहरीको लैङगिक हिंसा विरुद्धको अभियान अन्तरगत प्रभात फेरी -याली कार्यक्रम सम्पन्न

सन्धिखर्कमा प्रहरीको लैङगिक हिंसा विरुद्धको अभियान अन्तरगत प्रभात फेरी -याली कार्यक्रम सम्पन्न


अर्घाखाँचीडट्कम संवाददाता 

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा प्रहरीको लैङगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत प्रभात फेरी -याली कार्यक्रम सम्पन्न भएको छ । 


सन्धिखर्कको शान्तीबगैचामा सोम्वार प्रहरीको लैङगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत प्रभात फेरी -याली कार्यक्रम सम्पन्न भएको हो ।


प्रहरी कार्यालय अर्घाखाँचीको आयोजनामा "लैङगिक हिंसा विरुद्धको १६ दिने अभियान" अन्तर्गत शान्ति बगैँचा स्थित कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक अमर बहादुर थापाक्षत्रीको सभाध्यक्षतामा प्रमुख जिल्ला अघिकारी हरि प्रसाद घिमिरेको प्रमुख आतिथ्यतामा र सशस्त्र प्रहरी ३६ नं. गुल्मपति स.प्र.ना.उ. राम कृष्ण महर्जनको बिशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।   


शान्ति बगैचादेखी बृहत प्रभात फेरी -याली निकाली सन्धिखर्क नगर परिकर्मा गरि पून शान्ति बगैँचामा कोण सभामा परिणत भई प्रमुख अतिथी हरि प्रसाद घिमिरे ,सन्धिखर्क नगरपालिका महिला तथा बालवालिका जेष्ठ नागरिक शाखा प्रमुख बेल कुमारी परियार, अन्तरपार्टी महिला संजाल प्रतिनिधी सुशिला गैरे, एकल महिला संजाल संस्थापक खगिसरा बस्याल महिला ब्यवसायी कमला भण्डारी लगाएतले "लैङगिक हिंसा विरुद्ध" आ-आफ्नो सान्दर्भिक मन्तब्य राख्नु भएको कार्यक्रममा बिभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधी, संचारकर्मी र शुरक्षाकर्मीको उपस्थितिमा सभाध्यक्ष प्रहरी नायव उपरीक्षक अमर बहादुर थापाक्षत्रीले "लैङगिक हिंसा विरुद्ध" प्रकाश पार्दै उपस्थित सबैमा धन्यावाद सहित कार्यक्रम समापन गर्नुभएको थियो ।

अन्य समाचारहरु