तिलोत्तमाको कोटिहवामा लायन्स बुटवल स्टार्सद्धारा अनाथ आश्रमा सहयोग

तिलोत्तमाको कोटिहवामा लायन्स बुटवल स्टार्सद्धारा अनाथ आश्रमा सहयोग


कृष्ण परियार 

बुटवल । लायन्स क्लब अफ बुटवल स्टार्सले शुक्रबार तिलोत्तमा नगरपालीका कोटिहवा स्थीत अभिनास अनाथ आश्रम मा सहयोग गरेको छ । 

लायन्स बुटवल स्टार्सका सचिव राजन जि.सि को जन्मदिनको अवसर पारेर हड्डगर प्रोग्राम शुक्रबार अनाथ आश्रमा सहयोग गरिएको अध्यक्ष अन्जिल खानले बताए ।

 क्लबले आश्रमा सोयाबोडि,तेल, प्याज, खाना पकाउने ग्यास ,सिलीङ पंखा ,जुस लगाएका खाद्यन सामाग्री क्लबका अध्यक्ष अन्जिल खानले अभिनास अनाथ आश्रमका अध्यक्ष कृष्ण प्रसाद ज्ञवाली हस्तारण गरिएको संयोजक अब्दुल सलामतले बताए ।  

कार्यक्रमा बोल्दै अध्यक्ष खानले भने हामिभन्दा कम आयस्रोत गरिब अति बिपन्न बर्गलाई सहयोग  गनुपर्ने र मरेर लैजानु केहीछैन समाजमा सामाजीक कार्य गर्नुपर्ने स्टार्स को मुल मन्त्र “ जहाँ दुःखछ त्यहाँ पुग्छ ”र लायन्स अन्र्तराष्ट्रिय नारा हामि सेवा गछौ भन्ने मुल नारालाई आत्म साथ गर्दै शुक्रबार सहयोग गरिएको बताए । 

कार्यक्रमा लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ बि २ नेपालका सेकेन्ड भिडिजि नवराज न्यौपानले कोरोना भाइरसको महामारीको यस विषम परिस्थितीमा “मानवताको सेवा नै जिवनको सर्वोत्तम कार्य हो” भन्ने उद्येश्यको साथ सामाजीक कार्यमा स्टार्सले कुनै कसर बाकि नराखि विपन्न वर्गलाई खाद्यान्न वितरण गर्ने काम स्रहानीय रहेको बताए । 

त्यतै कार्यक्रमा ए.ओ.जि तथा क्लबका पुर्ब अध्यक्ष आशिष कृष्ण श्रेष्ठ ,रिजन चियर पर्सन तथा क्लबका पुर्ब अध्यक्ष एम एल पान्डे,पुर्ब अध्यक्ष दिपक भट्टराई द्धितिय उपाध्यक्ष भुपेन्द्र अर्याल लगाएत बोलेका थिए ।
तिलोत्तमाको कोटिहवामा लायन्स बुटवल स्टार्सद्धारा अनाथ आश्रमा सहयोग

तिलोत्तमाको कोटिहवामा लायन्स बुटवल स्टार्सद्धारा अनाथ आश्रमा सहयोग

अन्य समाचारहरु