छत्रदेव गाउँपालिकाका सबै ८ वार्डका विपिन्न तथा अशक्त परिवारलाई खाद्यान्न राहत बितरण

छत्रदेव गाउँपालिकाका सबै ८ वार्डका  विपिन्न तथा अशक्त परिवारलाई खाद्यान्न राहत बितरण


अस्लम अली 

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम ) । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकाका सबै  ८  वार्डका  विपिन्न तथा अशक्त परिवारलाई खाद्यान्न राहत बितरण गरिएकाे छ। 


युनाईटेड अरब ईमिरेट्स एडको सहयोगमा  सबै छत्रदेव गाउँपालिका वार्ड नम्बर -१ चिदिका वार्ड नम्बर-२ बल्कोट वार्ड नम्बर -३ बल्कोट दुन्द्रुक वार्ड नम्बर -४ केरुङ्गा वार्ड नम्बर-५ छत्रगंज वार्ड नम्बर -६ ठुलापोखरा वार्ड नम्बर -७ भगवती वार्ड नम्बर -८ अर्घातोषका करिब २१५ विपिन्न तथा अशक्त घर परिवारमा खाद्यान्न राहत बितरण गरिएकाे हो । 

उनिहरुलाई १ बोरा चामल,  २ पोका खाने नुन, ३ लिटर तेल, ४ किलो मसुराको  दाल, २ किलो चना, २ किलो  सोयाबिन, २ किलो चिनीका दरले खाद्यान्न राहत बितरण गरिएकाे थियो । 

अन्य समाचारहरु