शितगंगा नगरको कांग्रेस सभापतिमा मोहन पन्थी विजयी, उपसभापतिमा सारु र बेल्बासे विजयी

शितगंगा नगरको कांग्रेस सभापतिमा मोहन पन्थी विजयी, उपसभापतिमा सारु र बेल्बासे विजयी


झनक के.सी | विक्रम आचार्य

ठाडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकामा नेपाली कांग्रेसको १४ महाधिवेशन अन्तर्गतनगरपालिकाको सभापतिमा मोहन प्रसाद पन्थी विजयी हुनु भएको छ ।


हिजो भएको कांग्रेसको नगर अधिवेशनमा खुल्ला सत्र भएको थियो । बन्द सत्रबाट सहमति नजुटे पछि नगरपालिकाको नगर सभापतिको लागि प्यानल नै खडा गरि मोति वेल्वासे र मोहन प्रसाद पन्थीको चुनाव भएको थियो ।

जम्मा खसेको मत २५१ मध्ये मोति वेल्वासेको पक्षमा १०६ मत खसेको थियो । मोहन प्रसाद पन्थीले १४३ मतका साथ विजय हुनु भएको छ । उपसभापतिमा मान बहादुर सारु र विष्णु वेल्वासे, सचिवमा चन्द्रमणि वेल्वासे र हेमनाथ भुसाल, सह सचिवमा चन्द्र रेश्मी र ठाकुर बन्जाडे निर्वाचित भएको क्षेत्रिय प्रतिनिधि कमल ज्ञवालीले रातो प्रेसलाई बताउनु भएको छ ।

यो कुनै व्यक्तिको जित भई समग्र संस्थाको जित भएको र म माथि थप जिम्मेवारी थपिएको छ । सबैले दिएको मतको सम्मान गर्दै पार्टीलाई एक ढिक्का बनाएर अगाडी बढ्ने प्रतिबद्धता रातो प्रेस संग कुरा गर्दै नक्निर्वाचित सभापति पन्थीले बताउनु भयो ।

ठाडामा । तस्बिर: झनक के.सी 


शितगंगा नगरको कांग्रेस सभापतिमा मोहन पन्थी विजयी, उपसभापतिमा सारु र बेल्बासे विजयी

अन्य समाचारहरु