धनचौरको पाकुमा मञ्जरी युवा क्लबद्धारा दलित परिवारलाई माक्स वितरण

धनचौरको पाकुमा  मञ्जरी युवा क्लबद्धारा दलित परिवारलाई माक्स वितरण


बिक्रम नेपाली 

धनचौर, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर २ मा रहेको मञ्जरी युवा क्लबले  भुमिकास्थान नगरपालिका वार्ड नम्बर १० धनचौरको पाकु स्थित माक्सको पहुँचबाट टाढा रहेका दलित  घर परिवारलाई माक्स वितरण गरेको छ ।


उक्त  ठाउँमा माक्स नपाईने,  पसलहरु धेरै टाढा रहेको, एउटै माक्स घरका अरु सदस्यले पनि प्रयोग गर्ने  गरेको जानकारी  पाएपछि मन्जरी युवा क्लब, अर्घाखाँचीका साथीहरू उक्त ठाउँमा माक्स लिएर जानुभएको हो । 

माक्सको प्रयोग र कोरोना भाईरस सम्बन्धि जनचेतनामूलक कुराहरु पनि क्लबका अध्यक्ष बिक्रमले त्यहाँका स्थानीयहरुलाई जानकारी गराउनु भएको हो । उहाले सामाजिक दुरि कायम गर्दै त्यहाका स्थानियका घर घरमा गई माक्स वितरण, स्वास्थ सम्बन्धि जानकारी दिदा त्यहा स्थानीयहरुले खुसी ब्यक्त गरेका थिए ।  एक अर्कालाई भेट्दा होस् वा घरबाट बहिर निस्कदा अनिवार्य रुपमा माक्सको प्रयोग गर्ने स्वास्थ साबधानी अपनाउने सम्बन्धी सचेतना पनि फैलाउदै माक्स वितरण कार्यक्रम सम्पन्न भएको हो । 

मास्क बितरण अभियानमा क्लबका अध्यक्ष लगायत सहभागिहरुले  मञ्जरी युवा क्लब , दलितहरुका हक हितमा लागि सधैवार खटिरहने बताउनुभयो । 

माक्स वितरणअभियानमा  मञ्जरी युवा क्लब सन्धिखर्क २ बेहोरे अर्घाखाँचीका अध्यक्ष बिक्रम नेपालीको नेतृत्वमा उपाध्यक्ष राहुल नेपाली,सचिव अशिस नेपाली, सह-सचिव बिस्नु नेपाली, सदस्य हरु सन्दीप परियार ,कृष्ण नेपाली र मनोज नेपाली को उपस्थिती रहेको थियो ।

अन्य समाचारहरु