अर्घाखाँचीका कांग्रेस युवा नेता ज्ञवालीले केन्द्रिय महाधिवेशन प्रतिनिधिमा भिड्ने | सबल, सक्षम र सुढृढ काङ्रेसको प्रतिबद्धता

अर्घाखाँचीका कांग्रेस युवा नेता ज्ञवालीले केन्द्रिय महाधिवेशन प्रतिनिधिमा भिड्ने | सबल, सक्षम र सुढृढ काङ्रेसको  प्रतिबद्धता


अर्घाखाँचीडट्कम संवाददाता 

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) ।  अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड ७ खाँचीकोटका युवा नेता ऋषब ज्ञवालीले आसन महाधिवेशनमा अर्घाखाँचीबाट केन्द्रिय महाधिवेशन प्रतिनिधिमा चुनाबमा भिड्ने घोषणा  गरेका छन् । 


१८ गते सम्पन्न सन्धिखर्क खाँचीकोटका वार्ड अधिबेशनमा सन्धिखर्क ७ बाट अधिबेशन सर्व सहमतिमा क्षेत्रीय  प्रतिनिधिमा निर्वाचित ऋषब ज्ञवाली आगामी माहाधिबेशनकोलागी अर्घाखाँचीबाट महाधिबेशन प्रतिनिधिको उम्मेद्बारी दिने घोषणा  गरेका हुन् ।

नेपाली काङ्ग्रेसका युवा र जुझारु नेता ज्ञवाली सन्धिखर्क सात ज्ञवालिटोलामा जन्मिएर काङ्ग्रेसको संगठन र बिकासका लागि अथक प्रयास गर्दै आएका छन् । उनले आगामी महाधिबेशनको लागि प्रतिनिधि हुँदै केन्द्रमा सक्षम नेतृत्व चुन्न पहल गर्ने र केन्द्रमा  काङ्ग्रेस अर्घाखाँचीको पहिचान बनाउन भुमिका खेल्ने प्रतिबद्धता जनाउदै आफुलाइ जिताउन सबैमा अपिल गरेका छन् ।


 यस्तो छ ज्ञवालीको अपिल

हार्दिक अपिल !

आदरणीय अर्घाखाँचीबासी आमाबुवा, दाजुभाइ तथा दिदिबहिनीहरु सम्पुर्णमा कोरोना महामारीको यो विषम परिस्थितिमा सु-स्वास्थ तथा दिर्घायुको कामना गर्दछु।

हामि अहिले नेपाली काङ्ग्रेसको चौधौ महाधिवेशनको पुर्व सन्ध्यामा छौ। पार्टी नेतृत्व चयनका क्रममा जुट्नुभएका सम्पुर्ण विजयी क्षेत्रीय प्रतिनिधिहरु, समग्र जिल्लामा रहेका वार्डबाट निर्वाचित हुनुभएका सम्पुर्ण वार्ड कार्य समितिका पदाधिकारी एवं सदस्यज्युहरु तथा पार्टीप्रती आस्थावान समग्र महानुभावहरुमा जय नेपालको न्यानो अभिवादन व्यक्त गर्दछु। 

नेपालको प्रजातान्त्रिक आन्दोलनमा अनवरत रुपमा संघर्षरत रहि तत्कालीन निरंकुश शासन व्यवस्था र कम्युनिस्ट अतिवाद विरुद्ध हामी र हाम्रो परिवार निरन्तर रुपमा संघर्षरत रहेको कुरा यहाहरु सबैमा सर्व विदितै छ। प्रजातान्त्रिक सेनानी स्वर्गीय आदरणीय बुवा चन्द्रमणी ज्ञवालिको सुपुत्रको रुपमा आफुलाइ पाउँदा गौरव महसुस गरेको छु।

 विगत विद्यार्थी जिवनकालदेखी नेपाल विद्यार्थी संघ जनज्योति इकाइ समिती, पाणिनी बहुमुखी क्याम्पस इकाइ समिती, काठमाडौं शिक्षा क्याम्पस इकाइ समिती सहित अर्घाखाँची जिल्ला जिल्ला कार्य समितिका विभिन्न तह र तप्कामा बसि काम गरेको लामो विद्यार्थी राजनीतिक अनुभव तथा निरंकुश शासन व्यवस्था विरुद्ध ०६२/६३ सालको जन आन्दोलनमा विद्यार्थी मोर्चाको नेतृत्व गर्दै अग्रपंक्तिमा प्रजातान्त्रिक प्रणालीका पक्षमा आफुलाइ समर्पित गर्दै आएको कुरा यहाहरु समक्ष जानकारी गराउदछु। 

पेशा व्यावसायका क्रममा जिल्ला या जिल्ला बाहिर बसेता पनि जिल्लाका हरेक राजनीतिक क्रियाकलाप होस अथवा जिल्लाका विकास निर्माण तथा जिल्लाबासिका समग्र समस्याहरूमा आफुले सकेसम्म सक्दो उपस्थिति एवं सहयोगको प्रयास गर्दै आएको कुरामा समग्र जिल्लाबासिहरु जानकार नै हुनुहुन्छ।

हामी समग्र काङ्ग्रेसजनहरु महाधिवेशनको महासंग्राममा दौडिरहदा काङ्ग्रेसलाई गतिशील र जनताको पार्टी बनाउने जिम्मा हाम्रो काधमा आइपरेको छ। गतिशील र सुदृढ काङ्ग्रेस निर्माण अभियानमा समग्र काङ्ग्रेसजन दौडिरहदा नीति, नेतृत्व र संगठनप्रती बहस चल्नु चलाइनु स्वभाविक हो। जनताले अपनत्व महसुस गर्ने काङ्ग्रेस आजको आवश्यकता हो। बालबालिका, युवा, प्रौढ तथा वृद्ध हरु सबैको काङ्ग्रेस जनताको चाहना हो र देशको आवश्यकता पनि। 

काङ्ग्रेसलाई जनताको पार्टी निर्माणका निमित्त आसन्न चौधौ महाधिवेशनमा नेपाली काङ्ग्रेस अर्घाखाँची जिल्लाका सम्पुर्ण क्षेत्रीय प्रतिनिधिज्युहरु र समग्र काङ्ग्रेसजनहरुका विचमा बसि सवल, सक्षम र सुदृढ काङ्ग्रेस अभियानमा निरन्तर लागिरहने प्रतिबद्धता सहित आगामी आसन्न अधिवेशनमा केन्द्रिय (संघिय) महाधिवेशन प्रतिनिधिमा उमेदवारको रुपमा यहाहरुमाझ आफुलाइ प्रस्तुत गरेको छु। 
युवा नेता ज्ञवालीले गरे उम्मेद्बारी घोषणा। सबल, सक्षम र सुढृढ काङ्रेस निर्माण अभियानमा निरन्तर लाग्ने प्रतिबद्धता ।

आजसम्म समग्र जिल्लाबासिहरुले दिनुभएको माया र सद्भाव प्रती आजिवन ऋणी छु। 
आशा छ आगामी दिनमा पनि यहाहरुको माया र सद्भाव निरन्तर रुपमा रहनेछ। जय नेपाल।।।

ऋषब ज्ञवाली
केन्द्रिय महाधिवेशन प्रतिनिधि उमेदवार - अर्घाखाँची। 
स.न.पा. - ७ (साविक खाचिकोट)
सम्पर्क नम्बर- ९८५१०४४८१९.

अर्घाखाँचीका कांग्रेस युवा नेता ज्ञवालीले केन्द्रिय महाधिवेशन प्रतिनिधिमा भिड्ने | सबल, सक्षम र सुढृढ काङ्रेसको  प्रतिबद्धता

अन्य समाचारहरु