छत्रदेव गाउँपालिकाले पर्सी सार्वजनिक सुनुवाई गर्ने

छत्रदेव गाउँपालिकाले पर्सी सार्वजनिक सुनुवाई गर्ने


अस्लम अलि

छत्रगन्ज, अर्घाखाँची । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकाले आर्थिक बर्ष २०७७/७८ मा प्रदान/प्रवाह गरिएका सेवा तथा संचालन गरिएका योजना तथा कार्यक्रमका सन्दर्भमा सार्वजनिक सुनुवाई गर्ने भएको छ।


सेवाग्राहीका सल्लाह सुझाव र गुनासा तथा जनअभिमत संकलन गरि प्राप्त सुझाव तथा सल्लाहहरुलाइ आत्मसात गरि आगामी दिनमा सुधार गर्ने उदेश्यले उक्त कार्यक्रमको आयोजना गरिएको छ्त्रदेव गाउपालिकाको कार्यालयले बताएको छ।

सार्वजनिक सुनुवाइ कार्यक्रममा सरोकारवाला सबैको उपस्थितको लागि सूचना सार्बजनिक गरेको छ। उक्त कार्यक्रम २०७७ असार ३० गते बुधबार बिहान ११ बजे देखि बहुउद्देश्यीय सभाहलमा गरिने छत्रदेव गाउँपालिकाको कार्यालयले जनाएको छ।

अन्य समाचारहरु