सन्धिखर्क -२ की सदस्य मिना देवी साबतले गरिन् न्यानो कपडा वितरण

सन्धिखर्क -२ की सदस्य मिना  देवी साबतले गरिन् न्यानो कपडा वितरण


अनिल नेपाली 

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड न २ की जनप्रतिनिधि दलित महिला सदस्य मिना  देवी साबतले आज एक कार्यक्रमका बीचमा वडामा रहेका अति विपन्न गरिब दलित समुदाय लगायतका विद्यार्थीलाई न्यायोे कपडा वितरण गर्नुभएको छ । 


सावतले आफुले वडा सदस्यमा निर्वाचित भईसकेपछि पाउने पारिश्रमिकले समुदायमा रहेका हरेक गरिब दलित विपन्न समुदायका विद्यार्थी लगायतका समुदायलाई सहयोग गदै आउनुभएको छ । धन हुनेको मन हुने मन हुनेको धन नहुने विचारलाई आत्मसाथ गदै सावतले यस्तो गर्नुभएको हो । 


सावतले निर्वाचित भइसकेपछि विद्यार्थी दिर्घरोगी लगायतका विरामीलाई पनि सहयोग गदै आउनुभएको छ । सामाजिक कार्यमा रमाउने सावतको कार्य उल्लेखनीय प्रशसनीय रहेको वडा न२ का अध्यक्ष मोतिजङ्ग रायमाझीको भनाई रहेको छ  । 


साबतले निर्बाचित हुनुभन्दा अगाडि पनि सामाजिक कार्यको पहिचान बनाउदै आउनुभएको थियो । सावतले नेकपा एमालेको तर्फबाट वडा सदस्यमा भारी मतका साथ बिजयी हासिल गरेकी थिइन् । 

अन्य समाचारहरु