गजल:- नफक्रदैं झर्न सक्छौ

हरी गौतम (अर्घाखाँची)
-खनदह३|| हाल-भारत

नफक्रदै झर्न सक्छौं, उस्ले छोड्यौ भने..!!
झुक्किएर कही गलत, पाईला मोड्यौं भने..!!

मोल-जोल गरी हुर्काएको विश्वासको वोट्..,
माफी दीने छैन कहीले, उस्लाई गोड्यौं भने..!!

जतन गरी समालेको, भरोसाको पहाड्..,
छाती माथी टेकी उस्को,झुक्काई फोड्यौं भने..!!

हुन्न भन्दा भन्दै उस्ले,त्यो वृक्षको वोट्..,
जवरजस्ती भीत्राएर,साईनो जोड्यौं भने..!!

नत कहीले खुसी पाउछौं,नत हाँसो ओठमा,
सात जन्मको वांचा वन्दन,वीच मै तोड्यौं भनें..!!

[[२"नफक्रदै झर्न सक्छौं, उस्ले छोड्यौं भने..!!
झुक्किएर कहीं गलत,पाईला मोड्यौ भने..२"]]