अर्घाखाँचीका एमाले नेता चन्द्रबहादुर खड्का सरप्राइज दिनबाट पछि हटे, अब फर्स्ट प्रायोरिटी पाउने

अर्घाखाँचीका एमाले नेता चन्द्रबहादुर खड्का सरप्राइज दिनबाट पछि हटे, अब फर्स्ट प्रायोरिटी पाउने


२०७८ ज्येष्ड २८, शुक्रवार मा प्रकासित

अर्घाखाँचीडट्कम संवाददाता 

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अन्तिम अवस्थामा मन्त्री बन्न नपाएका नेकपा एमाले अर्घाखाँची जिल्ला ईन्चार्ज तथा पूर्व राष्ट्रिय सभा सदस्य चन्द्रबहादुर खड्काले सरप्राइज  (आश्चर्य) घोषणा गर्नबाट पछि हटेका छन् ।


खड्काले बिहीवार सामाजिक सन्जाल फेसबूक मार्फत शुक्रबार सरप्राइज  (आश्चर्य) दिने भनिएता पनि नेकपा एमालेका नेताहरुका कारण उनी पछाडि हटेका हुन् ।

खड्काले सरप्राइज दिने बताए लगतै जिल्ला भित्र र बाहिर  एमालेबाट राजिनामा दिएर राजनितिक जिवनबाट सन्यास लिने वा नेकपा (माओबादी केन्द्र) मा फर्कने सक्ने अड्कलबाजी गरिएको थियो ।  

स्रोतका अनुसार नेकपा एमालेका टोपबहादुर रायमाझी, चेत नारायण आचार्य, रामजी प्रसाद घिमिरे लगायतका नेताहरुले हिजोदेखि नै खड्कालाई मनाउन ठुलो प्रयास गरिरहेका थिए । 

दशौं महाधिवेशन आयोजक कमिटीको तर्फबाट गरेका काम कारवाहीहरु मान्य नहुने सर्वोच्चले गरेको फैसला बाबजुत एमालेका नेताहरुले के- कसरी खड्कालाई सरप्राइज दिन रोके थाहा हुन सकेको छैन् । तर खड्कालाई  केन्द्र, प्रदेशमा फर्स्ट प्रायोरिटी (पहिलो प्राथमिकता) दिने आवश्वासन, वाचा दिएको स्रोतले बताएको छ । 

यसभन्दा अगाडि पनि प्रदेश सभा उम्मेदवार हुन नपाएर २०७४ सालको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा वाम गठबन्धन विरुद्ध बागी उम्मेदवारी दिने तथा राजनितिक जिवनबाट सन्यास लिने घोषणा गरेका खड्कालाई केहि समय पछि राष्ट्रिय सभा सदस्य पद दिएर मनाइएको थियो । 

खड्काले  फेसबूकमा बिहीवार अपरान्ह पोष्ट गरेर भनेका थिए; " नेपालमा हर घटना मुलतः राजनीतिक घटना सर्पराइज(आस्चर्य )दिने खालका हुने गरेका छन!!आज लामो गाडी यात्रामा भएकोले भोलि मैले पनि एउटा सर्पराइज दिने बेला आयो...."


राष्ट्रियसभामा पराजित पूर्वमाओवादीका खड्काले बिहीवार बिहानसम्म प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री पदमा नियुक्ति गर्छन् कि भनी ठुलो आशा गरेका थिए तर अन्तिम समयमा उनको नामे मन्त्री बन्ने लिष्टबाट हटाएको बताइएको थियो । 

प्रदेश सभा उम्मेदवार हुन नपाएर २०७४ सालको सरप्राइज

चन्द्रबहादुर खड्काले यसभन्दा अगाडि पनि धेरै पटक सरप्राइज दिने घोषणा गरेको देखिन्छ । गत २०७४ सालको निर्वाचनमा आफनै सहकर्मी तथा नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य टोप बहादुर रायमाझी तथा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा वाम गठबन्धन विरुद्ध बागी उम्मेदवारी दिने घोषणा गरेका थिए । तर बागी उम्मेदवार नदिएर मौन बसेका खड्काले आफ्नो जीवनको पृष्ठभुमि र त्यागको श्रृङ्गखला नै लेखेका थिए । उनले त्यो समय पनि राजनितिक जिवनबाट सन्यास लिने बताउदै आएका थिए ।


असन्टुष्टी रहेका खड्काको बागी उम्मेदवारी दिने भनिरहेका बेला २०७४ कार्त्तिक १६ गते बिहीवार दिउसो १:३० बजेदेखि २:३० बजेको बिचमा एमाले - माओवादी केन्द्र गठबन्धन अर्घाखाँचीबाट प्रतिनिधि सभाको निर्वाचनमा टाेपबहादुर रायमाझी ( माओवादी केन्द्र), प्रदेश सभा क्षेत्र नम्बर १ मा चेतनारायण आचार्य ( एमाले), प्रदेश सभा क्षेत्र नम्बर २ मा रामजी प्रसाद घिमिरे ( एमाले)ले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगी आ-आफ्नो उम्मेद्ववारी दर्ता गराएका थिए । 

साथै उम्मेद्ववारी दर्ता गरेको केही दिनपछि राष्ट्रिय सभा सदस्य दिने गरी टोप बहादुर रायमाझीले राष्ट्रिय सभा सदस्य दिने गरी खड्कालाई मनाएका थिए ।  पछि २०७४ माघ २४ गते बुधवार सम्पन्न प्रदेश नम्बर ५ को राष्ट्रियसभा सदस्यको निर्वाचनमा माओवादी केन्द्रबाट अर्घाखाँचीका चन्द्र बहादुर खड्का २ हजार २ सय ८० मतभारका साथ विजयी भएका थिए ।  


खड्का गत २०७८ ज्येष्ठ १७ गते सोमवार सम्पन्न लुम्बिनी प्रदेशमा भएको राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा पराजित भएका थिए । विपक्षी गठबन्धनका तर्फबाट उम्मेदवार बनेका दृगनारायण पाण्डेय विजयी भएका थिए ।  पाण्डेयले  खड्कालाई ५४६ मतभारले हराएका थिए

पाण्डेयले  ४१४० र खड्काले  ३५९४ मत पाएका थिए ।

अर्घाखाँची जिल्लाबाट राष्ट्रिय सभा सदस्य रहेका खड्का निर्वाचित भएको दल नेकपा (माओवादी केन्द्र) छोडेर नेकपा (एमाले)मा प्रवेश गरेपछि गत वैशाख १५ गते बुधवार उनि पदमुक्त भएका थिए । 

सम्बन्धित समाचारहरु:- 




अन्य समाचारहरु