सन्धिखर्कमा बुद्धि रायमाझी स्मृति प्रतिष्ठानको साधारण सभा तथा प्रथम अधिवेशन सम्पन्न (फोटो सहित)

सन्धिखर्कमा बुद्धि रायमाझी स्मृति प्रतिष्ठानको साधारण सभा तथा प्रथम अधिवेशन सम्पन्न (फोटो सहित)
२०७८ श्रावण ६, बुधवारमा प्रकासित


२०७८ श्रावण ६, बुधवारमा प्रकासित

अर्घाखाँचीडट्कम संवाददाता

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा बुद्धि रायमाझी स्मृति प्रतिष्ठानको साधारण सभा तथा प्रथम अधिवेशन सम्पन्न भएको छ । 


बुद्दी रायमाझी स्मृति प्रतिस्ठानका संयोजक राम बहादुर रायमाझीको अध्यक्षतामा बुधवार भएको साधारण सभामा प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरेको प्रमुख आथित्यता उच्च माबि वेलबाटिकामा सम्पन्न भएको थियो । 


कार्यक्रम बिजुला रायमाझीको संचालनमा सम्पन्न भएको थियो ।  कम्युनिस्ट आन्दोलनका नेता तथा पुर्व शिक्षक स्व. बुद्धि बहादुर रायमाझीको संझनामा गत २०७७ कार्त्तिक १७ गते सोमवार  बुद्धि रायमाझी स्मृति प्रतिष्ठान संस्था स्थापना गरिएको थियो । 


स्व. रायमाझीले लेखेका कृतिहरु, योगदान बिचारहरुलाई संरक्षण एव प्रसार प्रचार गर्न र अन्य सामाजिक कार्यहरु गर्नको लागि भन्दै बुद्धि रायमाझी स्मृति प्रतिष्ठान संस्था स्थापना गरिएको थियो ।

पुर्व शिक्षक रायमाझीको ६९ वर्षको उमेरमा गत २०७७ वैशाख २२, सोमवार निधन भएको थियो ।


सन्धिखर्कमा बुद्धि रायमाझी स्मृति प्रतिष्ठानको साधारण सभा तथा प्रथम अधिवेशन सम्पन्न (फोटो सहित)

अन्य समाचारहरु