प्रवासी नेपाली युवा संघको आग्रह

 
- उत्तम अधिकारी

आबुधाबी - एमालेको प्रवास कमिटी अन्तर्गत सम्युत अरब एमिरेट्स यूएईमा रहेको प्रवासी नेपाली युवा संघले एक प्रेस बिज्ञप्ती जारी गर्दै बिदाबाट फर्केर आउँदा वा यूएई आउने क्रममा केही सवेंदनशिल सामाग्री साथमा नल्याउन आग्रह गरेको छ। खास गरी गाजा भाङका दानाहरु तथा भाङ मिसाएका अचार लगायत लागुपदार्थ(मर्चा जांड रक्सी, वियर, तथा नयाँ घरेलु मदिराजन्य उत्त्पादनहरु) साथमा नल्याउन तथा साथमा नराख्न संघले आग्रह गरेको हो।

स्लिपिङ क्याब्सुल र अन्य औषधीहरु एवम मर्चा-अल्कोहल युत्त पेय पदार्थ साथमा लिएर आउने क्रम दिन प्रतिदिन बढेको र त्यसरी निषेधित बस्तु साथमा ल्याउदा यहाँको बिमान्स्थल प्रशासनले पक्राउ गरी कडाभन्दा कडा कारबाही गरेकोले यस् समस्या बाट बच्न लाई समयमै सचेत रहन युवासंघ अपिल गर्दछ बिज्ञप्तीमा भनिएको छ।

विज्ञप्तिमा अगाडि थपिएको छ अश्लील(नग्न तथा अर्धनग्न)तस्विर भएका किताव,पत्रपत्रिका,सिडी लगायतका सामग्रीहरु पनि साथमा ल्याउन नहुने सम्बन्धमा पनि युवासंघ सम्पूर्ण नेपालीलाई सचेत गराउछ'। साथै यी उल्लेखित लागु पदार्थजन्य सामाग्री यूएईको कुनै पनि एक स्थान देखी अर्कोस्थानमा साथमा लिएर नहिंड्न समेत अपिल गर्दछौ विज्ञप्तीमा भनिएको छ।

सम्युत्त अरब एमिरेट्समा काम गरिरहेका नेपाली दाजुभाई तथा दिदी बहिनि लाई सम्बोधन गरी युवासंघका अध्यक्ष महेश गिरी द्वारा जारी गरिएको बिज्ञप्तीमा बिदामा नेपाल फर्केर आउँदा तथा पहिलो पटक यूएई भित्रिने क्रममा साथमा बिभिन्न किसिमका अचारहरु,खानेकुरा तथा औषधी लिएर फर्कने क्रममा यूएई सरकारको कानुनको बारेमा अनभिज्ञ भई गाजा तथा भाङका दानाहरु पिसेका अचार लिएर आउने र बिमानस्थलमा पक्राउ गरी पुलिशले जेल चलान गरीरहेकोले यस्ता किसिमका सामाग्री लिएर नआउनको लागि प्रवासी नेपाली युवा संघ यूएई हार्दिक अपिल गर्दछ भनिएको छ।

अन्य समाचारहरु