हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ | सुर्खेतमा राजसंस्था पुनर्स्थापनाको माग गर्दै प्रदर्शन

हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ | सुर्खेतमा राजसंस्था  पुनर्स्थापनाको माग गर्दै  प्रदर्शन

सुर्खेतमा राजसंस्था र हिन्दू राष्ट्रको पुनर्स्थापनाको माग गर्दै बिहीबार प्रदर्शन भएकाे छ ।

स्वतन्त्र नागरिक संघर्ष समितिका नाममा राजावादीहरूले र्‍यालीसहित प्रदर्शन गरेका हुन् । 

राजसंस्था र हिन्दू राष्ट्रको पुनर्स्थापनाको आफ्नो माग भएको देशमा राजाविनाको राज्यको कल्पना गर्न नसकिने स्वतन्त्र नागरिक संघर्ष समितिका सदस्य प्रेम बिसीले जानकारी बताए । 

यालीमा सहभागीहरुले राष्ट्रिय झण्डा फहराउँदै ‘हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ’, ‘नेपाली जनता के भन्छ राजारानी ले भन्छ’, ‘राजा ल्याऊ देश बचाऊ’ जस्ता नारा लगाएका छन्।

प्रदर्शनमा करिब पाँच हजार नागरिकको सहभागिता रहको स्वतन्त्र नागरिक संघर्ष समितिका सदस्य बिसीले बताए । नयाँपत्रीकामा समाचार छ । 

अन्य समाचारहरु