गोरुसिंगेमा एमाले जिल्ला अधिवेशन आयोजक समितिको पुर्ण बैठक सम्पन्न

गोरुसिंगेमा एमाले जिल्ला अधिवेशन आयोजक समितिको पुर्ण बैठक सम्पन्न


दिपक भुसाल 

कपिलवस्तु ५ भदौ ।  नेकपा एमाले केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सह इन्चार्ज गिरीधारीलाल न्यौपानेले असली कम्युनिष्ट दावि गर्ने प्रचण्ड र स्वघोािष्त क्रान्तिकारी माधव नेपालको नेता शेर वहादुर देउवा भएको बताउनु भएको छ ।


एमाले जिल्ला अधिवेशन आयोजक समितिको गोरुसिंगेमा सम्पन्न पुर्ण बैठकमा बोल्दै न्यौपानेले आफ्नै सरकार ढालेर उहाँहरु कांग्रेसको पुच्छर बनेर सरकारमा गएको बताउनु भयो । बैठकमा सम्वोदन गर्दै उहाले भन्नु भयो साथीहरुले भन्नु हुन्छ प्रतिगमनका बिरुद्ध लडाई गरेर जित्यौ । त्यसो होइन कान्तिकारीको विरुद्ध लडेर प्रतिगमनको बाटो समाएको प्रष्ट छ उहाले भन्नु  भयो । 

प्रचण्ड प्रति ईंगित गर्दै उहाले प्रचण्ड जता गए त्यही पार्टी फुटालेर छाड्ने आरोप लगाउनु भयो । उहाँले सुरुमा बाबुराम त्यसपछि बैध, विप्लव लखेटेको बताउँदै उहाँको काम पार्टी बनाउने भन्दा पनी विगार्ने रहेको उल्लेख गर्नु भयो । कांग्रेस उचालेर एमाले लखेटने फेरी एमालेभित्रै  उचालेर लखेटने खेलमा सधै लागेको आरोप लगाउनु भयो । बैठकलाई सम्वोदन गर्दै उहाँले कार्यकर्तालाई निर्वाचनको तयारी गर्न समेत अनुरोध गर्नु भयो ।

सभालाई सम्बोदन गर्दै एमाले लुम्बिनी प्रदेश अध्यक्ष तथा केन्द्रीय सदस्य लिला गिरीले माधव नेपालले कुर्चीको लागि पार्टी फोडेको आरोप लगाउनु भयो । उहाले भन्नु भयो, ‘ ओली कमरेडको पनी व्यक्तीगत रुपमा कमी कमजोरी होलान तर राष्ट्रको लागि काम गर्दा कुनै कमजोरी भएको छैन । नेपालमा कम्युनिष्ट बलियो भएको कारण भारत, युरोपेली युनियन र सम्राज्यवादी मुलुकले एमाले फुटाउन खोजेका थिए माधव मार्फत सानो प्रयास गरेका छन् उहाले भन्नु भयो । 

नेता गिरीले महाधिवेशनबाट निर्वाचित अध्यक्षलाई हट भन्न नमिल्ने टिप्पणी गर्नु भयो । महाधिबेशन गरौ भन्दा भाग्ने चोर बाटोबाट अध्यक्ष माग्ने धारणा गलत गरेको दावि गर्नु भयो । बैठकमा  सम्वोदन गर्दै राष्ट्रिय सभा सांसद तथा एमाले केन्द्रिय सदस्य विमला घिमिरेले देउवा सरकारले एक महिना पुग्दा केही गर्न नसकेको बताउनु भयो । एमाले सरकारबाट बाहिरीए पनि जनताले सरकारमा हुँदा गरेका कामको प्रशंसा भएको उहाँको दावि थियो । 

यता नेकपा एमाले कपिलवस्तु जिल्ला अधिवेशन आयोजक कमिटीको बैठकमा सहभागि नेताहरुले जनतामा एमाले प्रतिको विश्वास बलियो रहेको रिपोर्टिङ गरेका छन् ।  मायोज होटेल गोरुसिङ्गेमा सम्पन्न बैठकमा जनतामा फैलाएको भ्रम चिर्दै अगाडी बढने प्रतिवद्धता गरेका छन् । एमाले कार्यकताहरु गाउँ गाउँ पुग्दा सरकारमा रहँदा काम गर्न खोज्दा पार्टी भित्रबाट समस्या परेको हुँदा काम गर्न नदिएको जनताको गुनासो आएको बताएका थिए  । 

यसै गरी एमाले प्रदेश सचिवालय सदस्य तथा कार्यालय सचिव समेत हुनु भएका नेता बलराम अधिकारीले कपिलवस्तुमा सबै साथीहरु एमाले भित्र रहेको र प्रत्यक्ष सम्पर्कमा रहेको बताउनु भयो । बैठकले असोज ३ गते सबै पालिका भरी वडा अधिवेशन र ९ गते नगर तथा गाउँ अधिवेशन गर्ने निर्णय गरेको छ । साथै जन संगठनको बैठक भेला तथा कमिटी निर्माण गर्र्ने निर्णय गरेको पार्टी अध्यक्ष झविलाल पोख्रेलले बताउनु भयो ।

कपिलवस्तुमा रहेको १० हजार संगठीत सदस्य मध्ये ८ हजार वढीको नविकरण भएकाले वाकी सदस्यको नविकरण भदौ ११ भित्र सक्नेगरी सबै स्थानीय कमिटीलाई  परिचालित हुन बैठकले निर्देशित गरेको छ ।  पार्टीका जिल्ला संयोजक झविलाल पोख्रेलको अध्यक्षता जिल्ला सहयोंजक  डम्मर शर्माको  स्वागत र सचिव धर्मराज भुसालको संचालनमा सम्पन्न बैठकले नेपाली नारीहरुको चाड पर्व हरीतालिका तिजको अवसरमा शुभकामना समेत व्यक्त गरेको छ ।
गोरुसिंगेमा एमाले जिल्ला अधिवेशन आयोजक समितिको पुर्ण बैठक सम्पन्न

गोरुसिंगेमा एमाले जिल्ला अधिवेशन आयोजक समितिको पुर्ण बैठक सम्पन्न

गोरुसिंगेमा एमाले जिल्ला अधिवेशन आयोजक समितिको पुर्ण बैठक सम्पन्न

अन्य समाचारहरु