जुकेनामा एमालेको वार्ड भेला सम्पन्न, ३४ घर परिवार प्रबेश | जलुकेमा श्रद्धाञ्जली सभा सप्पन्न

जुकेनामा एमालेको वार्ड भेला सम्पन्न, ३४  घर परिवार प्रबेश | जलुकेमा श्रद्धाञ्जली सभा सप्पन्न


बिष्णु कुमार आले 

जुकेना, अर्घाखाँची । अर्घाखाँचीको शितगंगा ६ जुकेनामा आज बिभिन्न पार्टी परित्याग गरि ३४  घर परिवार एमालेमा प्रबेश गरेका छन् । 


अहिलेसम्म नेपालमा धेरै पार्टी जन्मीए तर देशको रक्षा एमालेले बाहेक अरू कुनै पार्टीले गर्न नसक्ने देखिएपछि नेपाली काग्रेस परित्याग गरि एमालेमा प्रवेश गरेको नव प्रवेसी वीर बहादुर खत्री आचार्यले बताए । उनले देशले गुमाएको भुमिको नक्शा एमाले सरकारमा हुदा चुच्चे नक्शा कायम गर्यो तर नक्शा मात्र होईन भुमि फिर्ता गर्न पनि एमालेको सरकार आवश्यक भएकाले म एमाले प्रबेश गरेको बताए । 

नेपाली काग्रेस पार्टीमा अहिले सम्म बसियो तर जनताको बिकाशका काममा नेपाली काग्रेस साझा बन्न नसकेका कारण देश बनाउन एमाले बाहेक अरू पार्टीमा ठोस योजना नभएकाले आजदेखि एमालेमा प्रबेस  गर्दै अर्जुन न्यौपानेले बताए ।  हाम्रो उमेर त यत्तिकै बित्यो तर आफ्नो छोरा छोरीको भविश्यका लागि आधार ठानेर एमाले पार्टी प्रबेश गरेको धन बहादुर आलेले  बताए ।  अनिहरूले एमसीसी पास गरि अमेरीकी अनुदान खान र नेपाली जनताको अधिकार माथी कुठाराघात गर्न  नेपाली काग्रेस लगायतका केही अपवित्र गठबन्धन सरकार तल्लीन देखिएकाले देश बचाउन पनि एमालेलाई जिताउनु पर्ने बताए ।


वडा कमिटी अध्यक्ष कासी भट्टराईको अध्यक्षता , नेकपा एमाले केन्दीय कमिटी सचिव टोप बहादुर रायमाझीको प्रमुख आथित्यता रहेको कार्यक्रममा प्रदेश कमिटी सचिवालय सदस्य रामजी प्रसाद घिमिरे , जिल्ला कमिटी अध्यक्ष पिताम्बर भुसाल , जिल्ला कमिटीका सहसचिव भिम केसी ,जिल्ला कमिटी सदस्य एवं नगर कमिटी ईन्चार्ज ओपी पाण्डे , नगर कमिटी अध्यक्ष वसन्त कुमार श्रेष्ठ ,जिल्ला कमिटी सदस्य रिषी रेश्मी , चुमा गाहा , तिलक भाट , युवासंघ नेपालका नगर अध्यक्ष तिलक अधिकारी, नगरकमिटी सदस्य सन्दिप दर्लामी लगायतको सहभागीता रहेको थियो  कार्यक्रम प्रदिप भुसालको संचालन , गिरू आचार्यको स्वागतमा सम्पन्न भएको थियो । 

साथै शितगंगा ७ को बान्द्रेतरूले निवासी स्वर्गीय चोपलाल गैरैको घरमा पुगेर श्रद्धाञ्जली सभा पनि सप्पन्न गरिएको छ ।

अन्य समाचारहरु