ढिकुरामा माओबादी केन्द्रको भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न, अध्यक्षमा कमल सारु

ढिकुरामा  माओबादी केन्द्रको भेला तथा  प्रशिक्षण कार्यक्रम सम्पन्न,  अध्यक्षमा कमल सारु


अर्घाखाँचीडट्कम संवाददाता 

ढिकुरा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नम्बर ९ ढिकुरामा नेपाल कम्युनिस्ट पार्टी ( माओबादी केन्द्र ) को भेला तथा  प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।  


ढिकुरामा आईतबार नेपाल कम्युनिस्ट पार्टी ( माओबादी केन्द्र ) को भेला तथा  प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।


भेलाले कमल सारुकाे अध्यक्षतामा १७ सदस्य वार्ड समिति गठन भएको छ। यस्तै समितीको उपाध्यक्ष राम बहादुर बरम्ले, सचिव मिना भट्टराई, सह सचिव दिपक सारु, काेषाअध्यक्ष सुमित्रा सारु, सदस्यहरुमा बिमला नेपाली, शान्ता बिक लगायत रहेका छन् ।      


उक्त कार्यक्रममा प्रमुख अतिथी पार्टीका प्रदेश कमिटी सदस्य कम्रेड छम कुमारी खनाल चिनारी, जिल्ला कमिटी  सदस्य  ठाकुर शाैराग आदर्श, एकिकृत अखिल नेपाल शिक्षक संगठनका जिल्ला नेता भुमिकास्थानका अध्यक्ष सुन्दर सिंह ठकुरी, पार्टी जिल्ला सल्लाहकार इस्वरी प्रसाद भुसाल, शिक्षक नेता केशव सुनार, बाबुराम  चुदाली, पार्टी  नगरपालिका समिति सदस्य भिमलाल जैसि (सेसकान्त) को विषेश उपस्थिति र प्रशिक्षण सम्पन्न भएको थियोे।

अन्य समाचारहरु