शितगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनाल प्रधानमन्त्रीबाट सम्मानित

शितगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनाल प्रधानमन्त्रीबाट सम्मानित


प्रेमनारायण आचार्य 

ठाडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनाल प्रधानमन्त्रीबाट सम्मानित हुनु भएको छ । 

 नेपाल निजामती कर्मचारी युनियनको  आठौं महधिवेशनको उद्घाटन कार्यक्रममा निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन,अर्घाखाँचीका पूर्व अध्यक्ष झविन्द्र खनाललाई उत्कृष्ट तथा रचनात्मक क्रियाकलाप संचालन गरेकाे भन्दै सम्मान गरिएको हाे । 
उद्घाटन कार्यक्रमका प्रमुख अतिथि नेपाली काग्रेसका सभापति तथा सम्माननीय प्रधानमन्त्री शेर बहादुर देउवाले सम्मान पत्र र दाेसल्ला अाेढाएर सम्मान गर्नु भएकाे थियाे ।

 कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन,अर्घाखाँचीकाे  अध्यक्ष भए पछि जिल्लामा धेरै रचनात्मक क्रियाकलाप सेवा प्रवाह सम्बन्धि अन्तरक्रिया कार्यक्रम, स्वागत तथा विदाई कार्यक्रम, नि:शुल्क लाेकसेवा तयारी कक्षा संचालन, प्राज्ञिक पुस्तक वृत्ति प्रकाशन गर्दै देश भरीमै उत्कृष्ट कार्य संचालन भएकाे थियाे । 

उहाँ अहिले नेपाल सरकारकाे उपसचिवमा सिफारिस भई देशकै सबैभन्दा ठूलाे नगरपालिका शितगंगाकाे प्रमुख प्रशासकीय अधिकृतकाे रुपमा कार्यरत हुनुहुन्छ ।

अन्य समाचारहरु