बल्कोटको श्री महेन्द्र विद्या बोध माविमा अक्षयकोष दाता, उत्कृष्ट विद्यार्थी सम्मान पुरस्कार कार्यक्रम सम्पन्न

बल्कोटको श्री महेन्द्र विद्या बोध माविमा अक्षयकोष दाता, उत्कृष्ट विद्यार्थी सम्मान पुरस्कार कार्यक्रम सम्पन्न


अस्लम अली 

बल्कोट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वार्ड नम्बर -४ बल्कोटमा रहेको श्री महेन्द्र विद्या बोध माध्यमिक विद्यालयमा अक्षयकोष दाता सम्मान पुरस्कार तथा शैक्षिकसत्र २०७७ उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । 


बल्कोटको श्री महेन्द्र विद्या बोध माध्यमिक विद्यालयमा मंगलवार अक्षयकोष दाता सम्मान पुरस्कार तथा शैक्षिकसत्र २०७७ उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको हो । 

कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पिताम्बर खनालले गर्नु भएको थियो भने  छत्रदेब गाउँपालिकाका अध्यक्ष  लेखनाथ पोख्रेलको प्रमुख आतिथ्यमा सम्पन्न थियो । 


कार्यक्रममा वार्ड न.४ का अध्यक्ष  अशोक कुमार श्रेष्ठ, वार्ड न. ३ का अध्यक्ष  तेजप्रसाद खनाल, ने.क.पा माओवादी केन्द्रका छत्रदेब अध्यक्ष  रामलाल पराजुली, नेपाली काङ्ग्रेस वार्ड न. ३ का वार्ड सभापति नारायण भट्टराई, वि.व्य.स. सदस्य  नारायण प्रसाद खनाल, शिक्षक अभिभावक संघका अध्यक्ष हसरदिन मिया लगायतले सुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । 

यस्तै वार्ड न.२ का अध्यक्ष राजेश कुमार पन्थी, वार्ड न.६ का अध्यक्ष कमल पौडेल, पुर्व वि.व्य.स. अध्यक्ष टेकराज पौडेल र पुर्व वि.व्य.स. अध्यक्ष कृष्ण पन्थीको उपस्थिति रहेको थियो । 

कार्यक्रमा  विद्यालयका प्रधानाध्यापक  डिल्लिराज भुसालले स्वागत मन्तव्य र शिक्षक कृष्ण प्रसाद पौडेलले कार्यक्रम सन्चालन गर्नुभएको थियो । यस्तै यस विद्यालयलाई अक्षयकोष प्रदान गर्ने दाताहरु र सबै वक्ताहरुले शुभकामना दिनुभएको थियो । 

अन्य समाचारहरु