गजल:- जिन्दगी खोला हो कि वगर?

गजल:- जिन्दगी खोला हो कि वगर?
सर्जक- एच.एल. गौतम
    (अर्घाखाची) मा. गा. 
खनदह3! हाल- भारत।।

जीन्दगी खोला हो की बगर सोच्नै सकीन मईले !!
गएर कहाँ टुंगिन्छ यो सफर सोच्नै सकीन मईले !!

  लाग्दैछ,हिड़्दा-हीड्दा जीन्दगीका यी गोरेटाहरू..,
अहिले बाटोमा छु"की"पुग्दैन घर,सोच्नै सकीन मईले !!

धेरै देखेँ  सुन्दर मुहारमा कालो चस्माले छोपीएका-
कसरी भनउ खराब थीयो नजर,सोच्नै सकीन मईले!!

यती बुझ्नुस प्रेम यु्द्ध मा हारी सकोको मान्छे हुँ "म"-
भन्नुस ममा भय थीयो की डर?सोच्नै सकीन मईले!!

 दीन त हजुर उस्लाई प्रेमको सागर  नै दीएकोथें..,
अमृतलाई बनाइ कसरी जहर सोच्नै सकीन मईले !!

[[2"जीन्दगी खोला हो की बगर सोच्नै सकीन मईले !!
गएर कहाँ टुंगिन्छ यो सफर सोच्नै सकीन मईले" 2]]