भूमिकास्थान नगरपालिकाद्धारा नवाैँ नगरसभामा तथा आर्थिक वर्ष २०७८-७९ को नीति-कार्यक्रम प्रस्तुत (फोटो सहित)

भूमिकास्थान नगरपालिकाद्धारा नवाैँ नगरसभामा तथा आर्थिक वर्ष २०७८-७९ को नीति-कार्यक्रम प्रस्तुत (फोटो सहित)


२०७८ आषाढ १०, विहीवारमा प्रकासित
अर्घाखाँचीडट्कम संवाददाता 

नुवाकोट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) ।  अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिकाले  नवाैँ नगरसभामा निती तथा कार्यक्रम प्रस्तुत गरेको छ । 


भूमिकास्थान नगरपालिकाले आर्थिक वर्ष २०७८, ७९को लागि बिहीवार नवौ निती तथा कार्यक्रम तथा नगरसभा सभाबाट सर्वसहमतिले पारित गरेको हो । 
 

नगरपालिकाले पारित गरेका नीति तथा कार्यक्रमहरुमा कृषि , स्वास्थ, सडक, शिक्षा , पर्यटन पुर्वाधार जस्ता योजनाहरु समेटिएको छ । भूमिकास्थान नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ का लागि ८० करोड २७ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । बिहिबार नगरपालीकाको नवौं नगरसभामा उपप्रमुख खडानन्द बेल्वासेले ८० करोड २७ लाख ६३ हजार रुपैया बराबरको बजेट प्रस्तुत गर्नुभएको हो । नगरले स्वास्थ्य,शिक्षा र कृषिलाई पहिलो प्राथमिकतामा राखेर बजेट बिनियोजन गरेको प्रमुख प्रशासकिय अधिकृत लिलबहादुर राउतले जानकारी दिनुभयो ।


नगरसभामा नगरप्रमुख रेशम थापाले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम प्रस्तुत गर्दे थापाले नगरपालीकाभित्रका जनताहरुले प्रत्यक्ष रुपमा अनुभुति गर्ने गरी बिकास निर्माण भैरहेको बताउनुभयो । थापाले नगरभित्र भौतिक पुर्बाधारको बिकास संगै कृषि,शिक्षा, स्वास्थ्य, ,सडक पशुपालन,पर्यटन,खानेपानी लगायतका क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर आ.ब २०७८÷७९ बजेट बिनियोजन गरीएको बताउनु भयो । 


नगरले प्रत्येक माबिमा नर्सीङ् कार्यक्रम लागु गर्ने,सबै कृषको घरघरमा करेसाबारी निर्माण गर्ने र शिक्षाको रणनिति योजना निर्माणगर्ने लगायतका महत्वपुर्ण योजनाहरु निर्माणगरी बजेट बिनियोजन गरेको राउतले बताउनुभयोे । भूमिकास्थान नगरपालिकाका नगर प्रमुख रेशम थापाले नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो । भने नगर उप प्रमुख खडानन्द बेल्बासेले बजेट प्रस्तुत गर्नु भएको थियो । 


यस्तै स्वास्थ तर्फ कोभिड खोप खरिदको लागि बजेट बिनियोजन गर्दै स्वास्थकर्मी तथा नागरिकलाई पहिलेका दिनमा दिई आएका सुबिधाहरु निरन्तर गर्ने जनाइएको छ ।

अन्य समाचारहरु