बाख्रा चराउन गएका दुई बालिका प्युठानको माडी नदिमा बगेर बेपत्ता

बाख्रा चराउन गएका दुई बालिका प्युठानको माडी नदिमा बगेर   बेपत्ता


बिष्णु कुमार आले 

प्युठान । बाख्रा चराउन गएका बेला प्युठानको माडी नदीमा बगेर  बेपत्ता भएका  २ जना बालिका अझै फेला परेका छैनन् ।  

नदिको किनारमा बाख्रा चराईरहेका बेला माडि नदिको छेउँमा पौडि खेल्न झरेका प्युठानको सरुमारानी ४ निवासी बोमबहादुर थापाको  ८ बर्षीय छोरी विपना थापा र  सोही वडाको मान्द्रे निवासी नुमबहादुर थापाको ७ बर्षीय छोरी सर्मिला थापा सोमबार दिउँसो सभा ३ बजेको समयमा माडि नदिमा बगेर वेपत्ता भएकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख डिएसपी सुनिल मल्लले जानकारी दिए ।   

आज मंगलबार बिहानै देखि स्थानिय र जिल्ला प्रहरी कार्यालयबाट खटिएको ८ जना प्रहरीको टोलीले वेपत्ता बालीकाहरूको खोजिकार्य भैरहेपनि अहिले सम्म फेला पार्न नसकिएको प्युठान जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी  देवीप्रसाद गैरेले बताए । 

उनीहरु दुबै जना घर नजिकैको जङगलमा बाख्रा चराउन गएका बेला नदिको छेउँमा पौडि खेल्ने क्रममा माडि नदिमा बगेर बेपत्ता भएको स्थानीयले बताएका छन् ।

अन्य समाचारहरु