जुकेनाका एक युवाको हृदयघातका कारण पन्जाबमा निधन

जुकेनाका एक युवाको हृदयघातका कारण पन्जाबमा निधन


युवराज पौडेल 

पन्जाब, भारत (अर्घाखाँचीडट्कम)। अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर ५ जुकेनाका एक युवाको हृदयघातका कारण भारतको पन्जाबमा निधन भएको छ । 


जुकेनाका स्व. गोबिन्द पौडेलका ३० वर्षिय छोरा कमल पौडेल एक युवाको हृदयघातका कारण भारतको पन्जाबमा बुधवार निधन भएको हो ।

उनलाई काममा जाने बेलामा एकास्सी हृदयघात भएको थियो ।  

अविवाहित कमलका बुवाको करिब १४ बर्ष  पहिले निधन भएको र आफ्नो जिबिकोपार्जनको लागि रोजगारीको सिलसिलामा करिब दस महिना  पहिले कमल पन्जाबमा आएका थिए । 

पौडेलको परिवारमा आमा दुई दिदी र एक बहिनी रहेका छन् । पौडेलको  शब आजै पोस्टमार्टम गरि अन्त्यष्टी गरिने आफन्तहरूले जनाएका छन् । 

अन्य समाचारहरु