भुमिकास्थान नगरपालिकाद्धारा ८६ करोड ३६ लाखको बजेट सार्वजनिक | चिउरीको मदिरालाई ब्रान्डिङ्ग गर्ने | कृषि र पर्यटनमा जोड

भुमिकास्थान नगरपालिकाद्धारा ८६ करोड ३६ लाखको बजेट सार्वजनिक | चिउरीको मदिरालाई ब्रान्डिङ्ग गर्ने | कृषि र पर्यटनमा जोड

केशब राज ज्ञवाली 

भुमिकास्थान, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० को लागि  ८६ करोड ३६ लाख ६९ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ ।
 

नगरपालिकाको नगरसभा बाट पारित आर्थिक बर्ष २०७९/८० को निति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्न गरिएको पत्रकार सम्मेलनमा आज सो कुरा सार्वजनिक गरिएको हो ।


नगरपालिकाको ११औं नगर सभाबाट सोहि रकम विनियोजन गरिएका नगरप्रमुख झबिलाल थापाले पत्रकार सम्मेलनमा जानकारि दिए ।


नगरपालिकाको आगामि बजेटमा कृषि र पर्यटनलाई जोड दिएको पनि नगरप्रमुख थापाले बताए । पालिकाले पर्यटनलाई कृषि र उत्पादन संग जोडेर काम गर्ने उदेस्य राखिएको , क्षिक्षा र कृषि जोड्दै बिधालयमा कृषि सिकाइको लागि ज्ञान र उत्पादनमा जोडिने , महलाइ ब्रान्डिङ्ग गर्ने , कृषि उपज बजारिकरण गर्न भुमिकान्स्थानको लोगो प्रयोग गर्ने जस्ता महत्वाकांक्षी योजनाहरु समेटिएका छन ।


यस्तै चिउरीको मदिरालाई ब्रान्डिङ्ग गर्ने र गुणस्तरमा ध्यान दिने योजनाहरु समेटिएका छन ।

अन्य समाचारहरु