चुत्राबेसीको भद्री खोलाका वादी तथा दलित समुदायलाई लालपुर्जा हस्तान्तरण कार्यक्रम सम्पन्न (फोटो फिचर)

चुत्राबेसीको भद्री खोलाका वादी तथा दलित समुदायलाई  लालपुर्जा हस्तान्तरण कार्यक्रम सम्पन्न (फोटो फिचर)

अर्घाखाँचीडट्कम संवाददाता

भद्री खोला, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर  २ चुत्राबेसीको भद्री खोलामा सिमान्कृत अल्पसंख्यक तथा दलित समुदायलाई एक कार्यक्रमका बिच लालपुर्जा हस्तान्तरण गरिएको छ ।


मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम अन्तर्गत चुत्राबेसीको भद्री खोलामा सिमान्कृत अल्पसंख्यक तथा दलित समुदाय ( बादी , बिक र परियार )  का १३ जनालाई   भद्री खोलामा २ रोपनी ४ आना १ पैसा  रु १०९९९६७ मा जग्गा खरिद गरि एक कार्यक्रमका बिच लालपुर्जा हस्तान्तरण गरिएको हो ।   


लालपुर्जा हस्तान्तरण कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य चेतनारायण आचार्यको प्रमुख  अतिथ्यता,  नगरप्रमुख कमल प्रसाद भुसाल अध्यक्षता, विशिष्ट अतिथी जिल्ला समन्वय उपप्रमुख ऋषि बहादुर पुलामी, नगर उपप्रमुख ठाकुर कुमार बिक ,प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटा कार्यक्रम सिफारिस समिती सदस्य श्रीकृष्ण भुसाल र वडा अध्यक्ष मोतिजङ रायमाझीले संयुक्त रुपमा हस्तान्तरण गर्नु भएको थियो ।


कार्यक्रम दिलिप केसीको संचालन, भरत न्यौपानेको सहजिकरणमा सम्पन्न भएको थियोे ।  


साथै उक्त जग्गामा प्रदेश सरकारको जनता आवास कार्यक्रम अन्तर्गत १३ वटा सुरक्षित आवास निर्माण कार्य समेत भैरहेको छ ।

अन्य समाचारहरु