गुल्मीको छत्रकोट १ हुगामा कांग्रेसको टोल अधिबेशन सम्पन्न

गुल्मीको छत्रकोट १ हुगामा कांग्रेसको टोल  अधिबेशन सम्पन्न



अर्घाखाँचीडट्कम संवाददाता 

गुल्मी । नेपाली कांग्रेस गुल्मी जिल्ला छ्त्रकोट १ हुगाको साबिक वार्ड १ र २ लाई समाबेश गरि टोल नम्बर १ को अधिबेशन सम्पन्न भएको छ । 

 ओम बहादुर ढेगाको अध्यक्षतामा १५ सदस्य कार्य समिति चयन गरिएको छ। 

नेपाली कांग्रेस छत्रकोट १ का सभापति महेश्बर भण्डारीको अध्यक्षता , नेपालि कांग्रेस गुल्मी जिल्ला सदस्य अनन्तराम पौडेलको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन भएको हो । 

 कार्यक्रममा नेबि संघका पुर्ब केन्द्रित सद्स्य मोती भण्डारी लगायत  महिला सघ , तरुण दल , ने बि संघका नेताहरुको नि उपस्थित थियो । 

सम्पुर्ण हुगालाई ६ वटा टोलमा बिभाजन गरिएको छ ।  २ वटा वार्ड काठमाडौं र बुटवललाई बिना भूगोलको टोल गठन गर्ने निर्णय गरिएको छ । छत्रकोट भित्रका सम्पूर्ण अधिबेशन सर्बसहमतीबाट चयन गर्ने पनि निर्णय गरिएको  बिध्यार्थि नेता ऋषि भण्डारीले बताउनु भएको छ । 

अन्य समाचारहरु