अर्घाखाँचीबाट महाधिवेशन प्रतिनिधिमा कांग्रेस युवा नेता तथा छत्रदेवका अध्यक्ष लेखनाथ पोखरेलको उम्मेदवारी

अर्घाखाँचीबाट महाधिवेशन प्रतिनिधिमा कांग्रेस युवा नेता तथा छत्रदेवका अध्यक्ष लेखनाथ पोखरेलको उम्मेदवारी


अर्घाखाँची डट्कम संवाददाता

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । नेपाली कांग्रेसको १४ औ महाधिवेशनमा अर्घाखाँची जिल्लाबाट महाधिवेशन प्रतिनिधिको रुपमा युवा नेता तथा छत्रदेव गाउँपालिकाका अध्यक्ष लेखनाथ पोखरेलले  उम्मेदवारी दिने भएका छन् । 


जिल्ला सभापतिको पदमा उम्मेदवारी दिने चर्चामामा रहेका जिल्लाका स्पष्ट सोच भएका बौद्धिक एंव  युवा नेता गाउँपालिकाका अध्यक्ष पोखरेलले महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । उनी १३ आौ महाधिवेशनमा पनि जिल्लाबाट महाधिवेशन प्रतिनिधिको रुपमा निर्वाचित भएका थिए।

नेपाली कांग्रेसलाई नयाँ दिशा दिन सक्ने आफुमा ताकत भएको र अर्घाखाँचीको कांग्रेसलाई नमुना काङ्ग्रेस बनाउने नयाँ सोच र जिम्मेवारी आफू समक्ष आएको भएता पनि सबैलाई समेटर काङ्ग्रेसलाई एक ढिक्का बनाउन पर्ने परिस्थिति सिजर्ना भएकोले  आफू यसपाली जिल्ला सभापतिमा दावी नगरी केन्द्रीय महाधिवेशन प्रतिनिधिमा नै उम्मेदवारी दिने सोच बनाएको उनले अर्घाखाँची डट्कमलाई बताए ।


पार्टी संगठनको लागि त्याग गर्न सक्ने स्वच्छ छवि भएका नेताको रुपमा परिचित पोखरेल छत्रदेव गाउँपालिकाकाका अध्यक्ष पनि हुन् । छत्रदेव गाउँपालिका जिल्ला भर कै पालिकाहरु मध्ये पारदर्शी र धेरै विकासका गतिविधि संचालन गर्ने पालिकाको रुपमा चिनिन्छ । देश भरी कै नमुना गाउँपालिकाका रुपमा छत्रदेव गाउँपालिकालाई स्थापित गर्ने अठोट र लक्ष्यका कारण जनताबाट अनुमोदित भएका नेता पोखरेलले आफ्नो लक्ष्यलाई धेरै हदसम्म स्थापित गरिसकेका छन् । 

उनले संविधानको भावना अनुसार स्थानीय तहले पनि स्वायत्त, समक्ष, सबल र जनमुखी सरकारको  रुपमा प्रस्तुत गराउन स्थानीय तहले आफ्नो कानुन तर्जुमा गरि कार्यान्वयन गराउने अवधारणा अनुरुप  स्थानीय कानुनको तर्जुमा गरेर स्थानीय सरकारको परिकल्पनाको सार्थकतालाई आत्मसात गराउने स्पष्ट  सोच र बौद्धिक अध्यक्षको रुपमा पनि उनी परिचित छन् । 

नमुना काङ्ग्रेसको स्थापनाको लागि स्पष्ट सोच भएको युवा नेतृत्वलाई चुन्नका लागि  सम्पुर्ण परिवर्तनशिल काङ्ग्रेस कार्यकर्ताहरु समक्ष आफुलाई महाधिवेशन प्रतिनिधिमा भोट दिई बिजय बनाउन पनि आग्रह गरेका छन् ।  अहिले क्षेत्रिय प्रतिनिधि निर्वाचित भएर आएका कार्यकर्ता पनि परिवर्तनशिल सोचका भएकोले आफुलाई निर्वाचित गराउनेमा विश्वस्त भएको बताए ।

अध्यक्ष पोखरेल गाउँपालिका राष्ट्रिय महासंघको केन्द्रीय सचिवालय सदस्यको रुपमा देशभरका ४६० वटा गाउँपालिकाको नेतृत्वदायी भुमिका निर्वाह गर्दै आउनुभएको छ, जुन समग्र अर्घाखाँचीवासीहरुको लागि पनि गर्वको कुरा हो।

अन्य समाचारहरु